चीनमा दुर्घटनाग्रस्त विमानका ४० हजार टुक्रा फेला « Khabarhub

चीनमा दुर्घटनाग्रस्त विमानका ४० हजार टुक्रा फेला


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परेका छन् । पत्रकार सम्मेलनका क्रममा   चीनको नागरिक उड्यन प्रशासनको उड्यन सुरक्षा कार्यालयका प्रमुख झु ताओलले यस्तो जानाकारी दिएका हुन् ।

भग्नावशेषका अधिकांश टुक्राहरू थप परीक्षणका लागि राखिएको उनको भनाइ छ । विमानका भग्नावशेष एक करोड वर्गमिटर क्षेत्रसम्म खोजिएको जनाइएको छ ।

खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोनलगायतका उपकरण प्रयोग गरिएको उनले बताए ।

दक्षिणी चीनको युनान प्रान्तको राजधानी कुन्मिङबाट ग्वाङडोङ प्रान्तको ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान गुआङ्सीको टेङसिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १२३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ६ : ०० बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट