ल्याटिन अमेरिकामा चीनको बढ्दो उपस्थिती « Khabarhub

ल्याटिन अमेरिकामा चीनको बढ्दो उपस्थिती


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुस – युक्रेन युद्ध जारी रहेको र अमेरिका र रुसबीचको सम्बन्ध चिसिएका बेला चीनले ल्याटिन अमेरिकी मुलुकहरुमा आफ्नो आर्थिक एवम् सैनिक प्रभाव विस्तार गरिरहेको फोरेन पोलिसी म्यागजिनले जनाएको छ ।

पछिल्ला केही दशकयता चीनको जनमुक्ती सेनाले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा रहेका मुलुकहरुसँग सैनिकस्तरको सम्बन्धलाई व्यापक विस्तार गरिरहेको छ । म्यागजिनका अनुसार सन् २००० को दशकको पूर्वाद्धयता जनमुक्ती सेनाका वरिष्ठ अधिकारीले यो क्षेत्रको २ सय भन्दा धेरैपटक भ्रमण गरिसकेका छन् ।

यसबाहेक जनमुक्ती सेनाको नौसैनिक युद्धपोतले अमेरिकाको नजिकै रहेको क्युबाली बन्दरगाहको पनि भ्रमण गरेका छन् । विश्वभर आफ्नो प्रभाव विस्तार गर्ने क्रममा रहेको चीनले यस क्षेत्रमा अझ सैनिक सम्बन्धलाई बलियो बनाउने सम्भावना रहेको बताइएको छ ।

अमेरिकी तटनजिक चिनियाँ गतिविधिका कारण ताइवानको संकट बल्झिएको अवस्थामा अमेरिकालाई चुनौति दिन चीनले त्यस क्षेत्रमा सैनिक तैनाथ गर्ने धम्की समेत दिनसक्ने उक्त म्यागजिनको भनाइ छ ।

चीनको महत्वकांक्षी बीआरआई परियोजनाका कारण पनि सो क्षेत्रमा चीनको उपस्थिती बाक्लिएको बताइएको छ । हालसम्म ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका २१ मुलुकहरुले चीनको उक्त परियोजनामा हस्ताक्षार गरिसकेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १ : ३७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा