ल्याटिन अमेरिकामा चीनको बढ्दो उपस्थिती « Khabarhub

ल्याटिन अमेरिकामा चीनको बढ्दो उपस्थिती


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुस – युक्रेन युद्ध जारी रहेको र अमेरिका र रुसबीचको सम्बन्ध चिसिएका बेला चीनले ल्याटिन अमेरिकी मुलुकहरुमा आफ्नो आर्थिक एवम् सैनिक प्रभाव विस्तार गरिरहेको फोरेन पोलिसी म्यागजिनले जनाएको छ ।

पछिल्ला केही दशकयता चीनको जनमुक्ती सेनाले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा रहेका मुलुकहरुसँग सैनिकस्तरको सम्बन्धलाई व्यापक विस्तार गरिरहेको छ । म्यागजिनका अनुसार सन् २००० को दशकको पूर्वाद्धयता जनमुक्ती सेनाका वरिष्ठ अधिकारीले यो क्षेत्रको २ सय भन्दा धेरैपटक भ्रमण गरिसकेका छन् ।

यसबाहेक जनमुक्ती सेनाको नौसैनिक युद्धपोतले अमेरिकाको नजिकै रहेको क्युबाली बन्दरगाहको पनि भ्रमण गरेका छन् । विश्वभर आफ्नो प्रभाव विस्तार गर्ने क्रममा रहेको चीनले यस क्षेत्रमा अझ सैनिक सम्बन्धलाई बलियो बनाउने सम्भावना रहेको बताइएको छ ।

अमेरिकी तटनजिक चिनियाँ गतिविधिका कारण ताइवानको संकट बल्झिएको अवस्थामा अमेरिकालाई चुनौति दिन चीनले त्यस क्षेत्रमा सैनिक तैनाथ गर्ने धम्की समेत दिनसक्ने उक्त म्यागजिनको भनाइ छ ।

चीनको महत्वकांक्षी बीआरआई परियोजनाका कारण पनि सो क्षेत्रमा चीनको उपस्थिती बाक्लिएको बताइएको छ । हालसम्म ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका २१ मुलुकहरुले चीनको उक्त परियोजनामा हस्ताक्षार गरिसकेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १ : ३७ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,