नेपाल–अमेरिकासम्बन्धको हिरक जयन्तीमा पर्वतारोहण अभियान सञ्चालन हुने « Khabarhub

नेपाल–अमेरिकासम्बन्धको हिरक जयन्तीमा पर्वतारोहण अभियान सञ्चालन हुने


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वार्षिकोत्सव अर्थात् हिरक जयन्तीको अवसरमा पर्वतारोहण अभियान सञ्चालन हुने भएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रमार्फत् दुई देशका आरोही सम्मिलित पर्वतारोहण दलले अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनालीको संयुक्त आरोहण गर्ने जानकारी दिइएको हो ।

सन् १९४७ मा अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको साथै सन् १९४८ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको अवसरमा पर्वतारोहण अभियान सार्वजनिक गरिएको हो ।

‘अमेरिका–नेपाल फ्रेण्डशीप टिम’ नाम दिइएको पर्वतारोहण अभियान आगामी २ जुनबाट सुरु हुने जानकारी दिइएको छ ।

कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख ग्यारेट ई. विल्करसनले आरोहण दललाई हिरक जयन्तीको झण्डा हस्तान्तरण गरे ।

उक्त झण्डालाई डेनालीको शिखरमा पुर्‍याउनुअघि सेभेन समिटका तर्फबाट पासाङ फुर्बा शेर्पाले सगरमाथा लैजाने छन् । पर्वतारोहण दलमा एक अमेरिकी र सात नेपाली गरी ८ आरोहीको सहभागिता छ ।

आरोहण दलको नेतृत्वमा अमेरिकी पूर्व नौसैनिक एवम् यसअघि सगरमाथाको आरोहण गरिसकेका मार्क परेल्ला र कर्मा तेन्जिङ रहेका छन् ।

आरोहण दलमा विश्वका १४ अग्ला हिमालको आरोहण गर्ने प्रथम दक्षिण एसियाली आरोही मिङ्मा शेर्पा, १४ हिमालको आरोहण गरेका अर्का आरोही छाङ दावा शेर्पा, सबैभन्दा कम उमेरमा १४ हिमालका आरोही गर्ने मिङमा ग्याबु शेर्पा सहभागी हुने छन् ।

त्यसैगरी ४ पटकसम्मका सगरमाथा आरोही कर्मा ग्याल्जे शेर्पा, १७ पटक सगरमाथा आरोहण गरेका जाङ्बु शेर्पा र ९ पटक सगरमाथा आरोही पासाङ दावा शेर्पा पनि आरोहण दलमा सहभागी छन् ।

क्यान्सरविरुद्ध जनचेताना जगाउने उद्देश्यले आयोजित पर्वतारोहण अभियानको मूल नारा ‘क्यान्सरविरुद्ध आरोहण’ राखिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ८ : ४३ बजे

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन

शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत