राष्ट्रिय भूमि अयोगअन्तर्गत जिल्ला आयोगहरूका अध्यक्षबाट सपथ « Khabarhub

राष्ट्रिय भूमि अयोगअन्तर्गत जिल्ला आयोगहरूका अध्यक्षबाट सपथ


१७ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय भूमि आयोगका थप ४३ जिल्लामा गठन गरिएको आयोगका अध्यक्षहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई बिहीबार काठमाडौँमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

यस अवसरमा मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उद्देश्य एवं संविधानको भावना र मर्म अनुसार जतिसक्दो छिटो काम गर्न आयोगका नवनियुक्त अध्यक्षहरूलाई निर्देशन दिइन् ।

मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उद्देश्य रहेको भन्दै आगामी दिनमा फेरि पनि आयोग गठन गरिरहनु पर्ने तथा

भूमिसम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न आयोगका पदाधिकारी र नवनियुक्त अध्यक्षहरूलाई आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले अबका कही दिनभित्रै सुकुम्बासीलाई लाालपूर्जा वितरणको काम सुरु गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

यस अवसरमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले तोकिएको समयमा काम सम्पन्न गर्ने अपेक्षा रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जनतालाई मूमिहीनताको अवस्थाबाट अन्त्य गर्न आयोगले काम थालिसकेको भन्दै भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत संकलन गर्ने, जग्गा नाँपजाच, निवेदन दर्ता र निस्सा वितरणको काम सुरु गरिसकेको बताए ।

२८ जिल्लामा राष्ट्रिय भूमि आयोगअन्तर्गतका जिल्ला आयोगहरू यसअघि नै गठन भइसकेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ११ : ५४ बजे

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको