त्रिकोणात्मक एकदिवसीय सिरिजको तालिका सार्वजनिक « Khabarhub

त्रिकोणात्मक एकदिवसीय सिरिजको तालिका सार्वजनिक


१७ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते हुनेछ ।

यस्तै नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग असार २९ गते खेल्नेछ भने नामिबियाविरुद्धको तेस्रो खेलमा नेपालले असार ३२ गते खेल्नेछ । त्यस्तै चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग आगामी साउन १ गते खेल्नेछ ।

लिग दुईकै सिरिजअन्र्गत नेपाली क्रिकेट टोली अहिले अमेरिका भ्रमणमा रहेको छ । अमेरिका र ओमनसँग हुने त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको हो । उक्त सिरिज यही जेठ २५ गतेदेखि असार ५ गतेसम्म चल्नेछ ।

लिग दुईको अंक तालिकामा नेपाल छैटौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेल्दा ६ खेलमा जित तथा ६ खेलमा हार व्योहोरेको छ । त्यसैगरी अंक तालिकाको शीर्ष स्थानमा ओमन रहेको छ । त्यसैगरी दोस्रो स्थानमा स्कटल्यान्ड रहेको छ भने तेस्रोमा संयुक्त अरब इमिरेट्स ९युएई०, चौथोमा अमेरिका र पाँचौ स्थानमा नामिबिया रहेको छ । पपुवा न्यूगिनी सातौ स्थानमा छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : १६ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको