नेपालमा ८५ प्रतिशत क्यान्सर सुर्तिजन्य पदार्थबाट | Khabarhub Khabarhub

नेपालमा ८५ प्रतिशत क्यान्सर सुर्तिजन्य पदार्थबाट


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक ८५ प्रतिशत बिरामीमा क्यान्सर रोग देखा परेको पाइएको छ ।

विश्व धुम्रपान दिबसको अबसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले रामजानकी माध्यमिक बिद्यालय मोतिगडामा आयोजना गरेको सुर्तिजन्य पदार्थ र वातावरण बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका पुर्व केन्द्रिय सदस्य निगमकुमार कोईरालाले १५ प्रतिशत वंशानुगत र अन्य कारणले बाँकी सबै सुर्तिजन्य पदार्थबाट क्यान्सरको बिरामी हुने गरेको उनले बताए । उनले बार्षिक २७ हजार बढि मानिसहरु सुर्तिजन्य पदार्थबाट मृत्यु हुने गरेको तथ्याङ प्रस्तुत गरेको थियो ।

विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइ सकेको बताए । उनले सबैको स्वास्थ्य सुरक्षा गर्न र सुर्तीजन्य पदार्थ सेवनकर्ताको दरमा कमी ल्याउन सचेतनामुलक अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सन्तोष आचार्यले सार्वजानिक क्षेत्रमा मात्र नभई व्यक्तिका घरहरुमा समेत सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउनु पर्ने बताए । उनले सुर्तीजन्य पदार्थरहित दिबसलाई वर्षै भरि अभियानको रुपमा सञ्चालन गर्नु पर्ने बताए ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर मुकेश झाले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह रोग लाग्ने हुँदा सजकता अपनाउन अनुरोध गरे । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभइ वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु पर्ने बताए ।

सुर्तीजन्य पदार्थले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्यमा असर गर्नुको साथै वातावरणमा पनि गम्भीर असर गर्ने गरेको उनले बताए । पूर्वमन्त्री हरिशंकर परियारले धुम्रपान सेवनलाई रोकथाम र नियन्त्रण गर्न सामाजिक संघसंस्था, विद्यार्थी र युवालाई परिचालन गर्नु पर्ने धारणा राखे । उनले विद्यालयका विद्यार्थी र टोलमा युवालाई समेटेर धूम्रपान निषेध अभियान सञ्चालन गर्नु पर्ने बताए ।

रामजानकी माबि मोतिगडाका प्राचार्य पुन्यबहादुर कार्कीले अभियानलाई कार्यान्वयन चरणमा लैजानु पर्ने बताए । उनले टोल–टोलमा यसका असर बारे बुझाउन सके समुदायलाई परिवर्तनको दिसामा लैजान सकिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले सबैको साथ सहयोग भए जनचेतना मार्फत धूमपान सेवनलाई नियन्त्रण गर्न सकिने बताए । उनले पछिल्लो समय धुम्रपान युवा पीढीमा बढेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

संस्थाका सचिब सुमन परियारले बालबालिकालाई अधिकतम उपयोग गर्दै सुर्तिजन्य पदार्थको नियन्त्रण र रोकथाममा लाग्नु पर्ने बताए । उनले बालबालिकाले समयमा नै आफ्ना अभिभावकलाई बालबालिका मार्फत सचेतना जगाईदिने हो भने आफै नियन्त्रण हुने बताए ।

संस्थाका जिल्ला अध्यक्ष लेखबहादुर श्रेष्ठले सुर्तीजन्य पदार्थको धुम्रपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन् । उनले प्रत्येक घरघरमा गएर धुम्रपान सेवन विरुद्धको अभियान सञ्चालन गर्ने बताए । संस्थाका सदस्य बंशबहादुर कार्कीले रोग निवारणको लागि सबैको सकृय सहभागित हुनु पर्ने बताए । उनले व्यक्तिको आनी, बानी व्यवहारमा परिवर्तन गर्न सक्यो भने मात्र रोगविरुद्ध त सहजा हुने बताए ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ८ : २९ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट