‘मजदुरका छोराछोरीले धानेको विद्यालय’ « Khabarhub

‘मजदुरका छोराछोरीले धानेको विद्यालय’


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको बाल लक्ष्मीमन्दीर प्राथामिक विद्यालय ४८ वर्षअघि स्थापना भएको सामुदायिक विद्यालय हो ।

यस विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे । अहिले यो विद्यालय मजदुरका छोराछोरीले मात्रै धानेका छन्। आफ्नो घर आगनमै रहेको विद्यालय छोडेर यस गाउँका विद्यार्थीहरु बोर्डिङ स्कुल जान्छन् । विद्यालयका प्रधानाध्यापक भगवती जोशीले भनिन्, पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा पढाउँदैनन्।’

०४२ सालमा गाउँलेले जग्गादान र श्रमदान गरी बनाएको विद्यालयलाई अहिले मजदुरका छोराछोरीहरुले मात्र बचाएको छ । शिशुदेखि देखि ५ कक्षासम्म पढाइ हुने बाल लक्ष्मी मन्दीर प्राथमिक विद्यालयमा जम्मा ३२ जना विद्यार्थी अध्ययानरत छन् । विद्यालयमा एक जना काज, ३ जना दरबन्दी र एक जना बालविकास गरि ५ जना शिक्षक र एक कार्यालय सहयोगी छन् ।

‘विद्यार्थी भर्ना अभियानलाई जतिसुकै प्रभावकारी बनाउने प्रयास गरे पनि स्थानीयले छोराछोरी भर्ना गर्न ल्याएनन्,’ प्रअ जोशीले भनिन्, ‘गाउँलेलाई वास्तै छैन। यहाँ पढ्न आउने निम्न आर्थिक अवस्थाका मजदुरका छोराछोरी मात्रै हुन् ।’

विद्यालयमा भर्ना भएका विद्यार्थीहरु पनि सबै आउँदैनन् । खाजा खुवाउने व्यवस्था नभएकाले विद्यार्थीहरु नियमित विद्यालय नआएको शिक्षकहरुको भनाइ छ । केही ठूला केटाकेटी बाबुआमासँगै मजदुरी काम गर्न जान्छन् ।

विद्यालयका प्रअ जोशीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु विदाको समयमा सिजनअनुसार जङगलमा निउरो र टुसा खोज्न जाने गर्छन् । निउरो र टुसा बेचेको रकमबाट कापी कलम किन्ने गरेको प्रअ जोशी बताउँछिन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ९ : १९ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि