पारिवारिक विवादका कारण बाबुछोराको हत्या, बुहारीसहित तीन जना पक्राउ « Khabarhub

पारिवारिक विवादका कारण बाबुछोराको हत्या, बुहारीसहित तीन जना पक्राउ


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका–४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो ।

घटनालगत्तै सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान थालेको थियो ।

घटनामा संलग्न रहेको पाइएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । उक्त घटनामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोला र चार थान मोबाइलसमेत बरामद गरिएएको उनले बताए ।

पारिवारिक रिसिइबीका कारण बाबुछोराको हत्या भएको खुलेको छ । पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ११ : १५ बजे

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार