विश्व इतिहासमा आज : थाई एयर दुर्घटनादेखि अमेरिका र सोभियत संघबीच सन्धिमा हस्ताक्षरसम्म « Khabarhub

विश्व इतिहासमा आज : थाई एयर दुर्घटनादेखि अमेरिका र सोभियत संघबीच सन्धिमा हस्ताक्षरसम्म


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन १५ गते आइतबार । सन् २०२२ को जुलाई ३१ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००७ जुलाई ३१ मा आर्यरल्याण्डको दक्षिणी क्षेत्रबाट बेलायती सेना फर्किएसँगै  ३८ वर्ष देखि सञ्चालनमा रहेको ‘अपरेशन ब्यानर’ को अन्त्य भएको थियो । ‘अपरेशन ब्यानर’अन्तर्गत काम गरेका ७ सय ६३ सिपाहीहरुले ज्यान गुमाएका थिए ।

सन् २००६ जुलाई ३१ मा क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रो आन्द्राको शल्यक्रियाको क्रममा अस्थायी रुपमा आफ्नो कान्छा भाइ राउल क्यास्ट्रोलाई राज्य शक्ति हस्तान्तरण गरेका थिए ।

सन् १९९९ जुलाई ३१ मा नासाले ‘लुनार प्रोस्पेक्टर’ लाई उद्देश्यपूर्वक चन्द्रमामा दुर्घटना गराइएको थियो । यसै स्वरुप नासाका चन्द्रमामा जमेको पानी पत्ता लगाउने मिसनको अन्तइ गरिएको थियो ।

सन् १९९८ जुलाई ३१ मा संयुक्त अधिराज्यले ल्यान्डमाइन्समाथि पूर्णरुपमा रोक लगाएको थियो । जनसमुदायले जुन महिनामा दबाब दिएसँगै संसदलाई ल्यान्डमाइन्स ऐन पारित गरेको हो ।

सन् १९९२ जुलाई ३१ मा थाई एयरवेज अन्तर्राष्ट्रिय फ्लाइट ३११ काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । थाईल्याण्डको बैंककस्थित थाइल्यान्ड डन मुआङ अन्तर्राष्ट्रिय एयरपोर्टबाट उडेको विमान काठमाडौँ पुग्नअघि फ्लाप माल्फङ्शनका कारण कलकत्ता एयरपोर्ट मोडिने निर्णय गरिएको थियो । तर, विमानको समस्या ठिक भएसँगै काठमाडौँ विमानस्थलमा नै अवतरण गर्ने निर्णय गरिएको थियो । यद्यपि, समस्या पुनः दोहोरिएसँगै रोमियो प्वाइन्टतर्फ जानेक्रममा प्राविधिक समस्याका कारण विमान दुर्घटना भयो । विमानमा भएका १ सय १३ जनाको मृत्यु भयो ।

सन् १९९१ जुलाई ३१ मा संयुक्त राज्य अमेरिका र सोभियत संघले ‘स्ट्राटेजिक आर्मस् रिडक्सन ट्रिटी’ (स्टार्ट आई) सन्धिमा हस्ताक्षर गरेको थियो । यस सन्धिअन्तर्गत रणनीतिक आणविक हतियारको प्रयोग घटाउने सम्झौता गरिएको थियो । यो सम्झौता सन् १९९५ डिसेम्बरमा कार्यान्वयनमा आएको थियो भने १५ वर्षपश्चात् सन् २००९ मा निष्क्रिय भयो ।

सन् १९८८ जुलाई ३१ मा मलेसियाको बटरवर्थमा सुल्तान अब्दुल हलिम फेरी टर्मिनलमा पुल भत्किँदा ३२ जनाको मृत्यु हुनुको साथै १६ सय भन्दा बढी घाइते भएका थिए ।

सन् १९८७ जुलाई ३१ मा क्यानडाको पश्चिमी भागमा भएको अल्बर्टामा आएको एडमन्डन आँधीका कारण २७ जना मानिसको मृत्यु भएको थियो भने २ सय ५० भन्दाबढी घाइते हुनुको साथै ३ सय ३० मिलियन डलरको घाँटा भएको थियो । सो दिनलाई ‘ब्लाक फ्राइ डे’का रुपमा पनि सम्झिने गरिन्छ ।

सन् १९८१ जुलाई ३१ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय बार संघको पहिलो महिला अध्यक्षमा अर्नेट आर हबर्ड नियुक्त भइन् ।

सन् १९७१ जुलाई ३१ मा अपोलो १५ का खगोलविदहरुले चन्द्रमामा पहिलो पटक ल्यान्ड रोभर चलाएका थिए ।

सन् १९६५ जुलाई ३१ मा जे के रोलिङको जन्म भएको थियो । रोलिङ ह्यारी पोटरको लेखकको रुपमा विश्वभर परिचित छिन् ।

सन् १९१७ जुलाई ३१ मा पहिलो विश्व युद्धको क्रममा इप्राको तेस्रो युद्ध सुरु भयो । पास्चेनडाले युद्धको नामले पनि चिनिने यो युद्ध जुलाई ३१ र नोभेम्बर ६ को बीचमा भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : ३३ बजे

रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं– केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो