ट्रयाक्टर पल्टिँदा मुगुमा एक जनाको मृत्यु, ६ जना घाइते  « Khabarhub

ट्रयाक्टर पल्टिँदा मुगुमा एक जनाको मृत्यु, ६ जना घाइते 


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको र घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कर्णाली नदीबाट बालुवा लोड गरेर बामतर्फ जाँदै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान सवा ८ बजे सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : ५६ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार