नेप्सेमा उच्च अङ्कको वृद्धि, ४ अर्ब ६० करोडको कारोबार « Khabarhub

नेप्सेमा उच्च अङ्कको वृद्धि, ४ अर्ब ६० करोडको कारोबार


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उकालो लागेर दुई हजार १९५.१० मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७२ अङ्कले ओरालो लागेर ४१९.२० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२० कम्पनीको एक करोड १३ लाख ३९ हजार ४७६ कित्ता शेयर रु चार अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज वित्त क्षेत्रको शेयर मूल्यमा ३१.९३ अङ्कले गिरावट भयो । बाँकी १२ उपसमूहको शेयर मूल्य भने उकालो लाग्यो । नेप्सेका अनुसार बैंकिङ ४०.६२, व्यापार ७५.२८, होटल तथा पर्यटन ८०.१९, विकास बैंक ३१.५७, जलविद्युत् २०.४३, निर्जीवन बीमा ३७४.०८, उत्पादन ९८.४३, अन्य ५२.७७, लघुवित्त ५४.२६, जीवन बीमा ४१२.८९, सामूहिक लगानी कोष ०.११ र लगानी ३.३७ अङ्कले उकालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ३४ अर्ब ४७ करोड आठ लाख ९९ हजार ७७२ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २१ करोड ३४ लाख १६ हजार ८६० बराबरको कारोबार भयो ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १५ करोड २३ लाख २० हजार ४८५, एसियन लाइफ इन्स्योरेन्स रु ११ करोड ५४ लाख ७४ हजार ५००, हिमालयन डिस्टिलरी रु १० करोड ३७ लाख ७३ हजार ४०२ र नेशनल हाइड्रोपावर कम्पनी रु नौ करोड ७९ लाख १३ हजार २४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आजको कारोबारका विभिन्न आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो । ती कम्पनीमा नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड इदी मर्दी आरबी आइड्रोपावर, स्वाभिमान लघुवित्त र युनाइटेड इन्स्योरेन्स कम्पनी छन् ।

त्यस्तै, गुडबिल फाइनान्सको ऋणपत्र ३.९४, नेशनल हाइड्रोपावर ३.३०, मल्टिप्रपोज फाइनान्स कम्पनी ३.१२, नबिल ब्यालेन्स फण्ड ३.०३ र सिन्धु विकास बैंकका लगानीकर्ताले २.९४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ४ : ४१ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो