टोखामा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु  | Khabarhub Khabarhub

टोखामा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको टोखा नगरपालिका–३ ग्राण्डी पछाडिको सडकमा आज  भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

बागमती प्रदेश ०२ ०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक काठमाडौँको तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय रोजिना महर्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षीय समीर श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ५ : ४५ बजे

शहरी विकास मन्त्रालयले भन्यो- गत आर्थिक वर्षमा ११ हजार सुरक्षित आवास निर्माण गर्‍यौँ

काठमाडौं– शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा ११ हजार

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

कञ्चनपुर– कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो,

एक वर्षमा ७८ केजी मानव नमूना आयात-निर्यात

काठमाडौँ – गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले मानव शरीरको

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

सिन्धुली– दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका

बसको ठक्करबाट ७१ वर्षीया वृद्धाको मृत्यु

भादगाउँ– बसको ठक्करबाट मंगलबार पैदलयात्री ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको