सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुन्छ : उपाध्यक्ष पौडेल « Khabarhub

सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुन्छ : उपाध्यक्ष पौडेल


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुने बताएका छन् ।

यो गठबन्धनलाई मुलुकको चिन्ता भन्दा पनि सत्ता कसरी जोगाउने भन्ने कुराको मात्र चिन्ता रहेको भन्दै उनले राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा गठबन्धनको कुनै चासो नरहेको बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८/७९ का विजयी खेलाडीहरूको सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । ‘सत्ता गठबन्धनका कारण मुलुकको सबै क्षेत्र अस्तव्यस्त छ, महँगी र भ्रष्टाचार बढेको छ, शिक्षा, स्वास्थ्य, खेलकुद जताततै अस्तव्यस्तताको अवस्था छ.’ उनले भने, ‘तर गठबन्धनलाई सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता छ ।’

उनले मुलुकलाई सही दिशा निर्देश गर्ने र ठिक ढङ्गले नेतृत्व गर्ने पार्टी एमाले बाहेक अरू नभएको दाबी पनि गरे ।  एमाले सरकारबाट हटेपछि देशमा देखिएको बेतिथिले पनि एमाले बाहेक अरूले नेतृत्व गर्न नसक्ने कुराको पुष्टि हुने पनि उनले बताए ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा रुपन्देहीबाट स्वर्ण, रजत र काश्यपदक विजेता खेलाडीलाई सम्मान गर्दै पूर्व खेलकूदमन्त्री समेत रहेका पौडेलले खेलाडी राष्ट्रका गहना नभई आधार स्तम्भ रहेको बताए । खेलाडीहरूको समस्यामा हरेक समय साथ दिन एमाले तयार रहेको र उनीहरूका मुद्दा सम्बोधनका लागि निरन्तर क्रियाशील रहने पनि पौडेलले बताए ।

कार्यक्रममा एकेडेमीका केन्द्रीय उपाध्यक्ष देवबहादुर गुरुङ, सचिव डा. शक्ति बस्नेत, एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचन, एकेडेमीका रुपन्देही जिल्ला अध्यक्ष मणि भण्डारी, सहसचिव सरिता रानालगायतले खेलकुद क्षेत्रले राष्ट्रको पहिचान स्थापित गर्ने भन्दै राज्यले खेल क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्न नसकेको बताएका थिए

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : १३ बजे

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक