अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारीको विकल्प छैन : श्रममन्त्री कुँवर « Khabarhub

अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारीको विकल्प छैन : श्रममन्त्री कुँवर


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली संघ एनआरएनएबीच भर्खर भएको दुईपक्षिय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धीमुलक हुने अपेक्षा गरेको बताएका छन् ।

आइतबार भृकुटिमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपाय विषयक विचार गोष्ठिमा मन्त्री कुँवरले उक्त कुरा बताएका हुन् ।

उनले वैदेशिक रोजगारीको क्षेत्रमा भएका विविध समस्या समाधान गर्नकालागि गैर आवासीय नेपाली संघले खेलेको भूमिका एकदमै प्रसंसनिय भएको बताए ।

उनले अहिलेसम्म विभिन्न मुलुकमा अलपत्र परेका नेपाली कामदारको उद्धार एवं समस्यामा परेका कामदारलाई आइपरेका विविध समस्या समाधान गर्न गैर आवासीय नेपाली संघले सम्बन्धीत रोजगारदाता मुलुकको सरकार र नेपाल सरकारसँग राम्रो सहकार्य गर्दै आएकाले सरकारको प्रयासमा धेरै सहयोग पुगेको बताए ।

आफुले यस मन्त्रालयको जिम्मेवारी पाएको आइतबार १ महिना दुईदिन हुँदा वैदेशिक रोजगारीको क्षेत्रका धेरै गुनासो सुनेको भन्दै मन्त्री कुँवरले अब आफुले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अहिलेसम्मको गुनासो र अनुभवको आधारमा वैदेशिक रोजगारिको क्षेत्रका समस्या र समाधानमा धेरै चुनौति रहेको भन्दै उनले हाल दुई दर्जन भन्दाबढी नेपाली कामदार खाडीको विभिन्न ठाउँमा कोमामा रहेको जानकारी प्राप्त भएकाले अब जतिसक्दो छिटो उनीहरुलाई स्वदेश फर्काउन आफुले सम्बन्धीत दुतावास र कुटनीतिक नियोगसँग पहल गरेको बताए ।

अहिले धेरै नेपाली खाडीका जेलमा रहेको गुनासो पनि आफुले सुन्नु परेको भन्दै उनले वैदेशिक रोजगारीमा जानेहरुले धेरै जोखिम मोलेर काम गरिरहेकाले अब नेपाल सरकारले उच्च जोखिममा परेका कामदारको सहयोग गर्ने बताए ।

मन्त्री कुँवरले नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको २५ प्रतिशत भन्दा बढी योगदान रहेको र वार्षिक ९ खर्ब ८३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिरहेको जानकारि गराउँदै अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारीको विकल्प नभएको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : २२ बजे

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद