झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो « Khabarhub

झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– रुकुम पश्चिमको आठबीसकोटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ । आज आइतबार दिउँसो आठबीसकोट नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकोट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवाबीच आइतबार दिउँसो ४ बजेतिर झडप भएको हो । घाइते शाहलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० विष्णुप्रसाद सोतीले जानकारी दिए । उनका अनुसार शाहको टाउकोमा गम्भीर चोट लागेको छ । आठबीसकोटको नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि शाहलाई सुर्खेत पठाइएको हो ।

शाहलाई आक्रमण गरेको आरोप लागेका आठबीसकोट ९ का २१ वर्षीय पवन बटाला र २३ वर्षीय हरि केसी फरार रहेका डीएसपी सोतीले बताए । व्यक्तिगत कारणले झडप भएको बताइए पनि घटनाको वास्तविक कारण खुल्न सकेको छैन । फरारहरूको खोजी र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सोतीले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : १६ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका