साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार « Khabarhub

साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरुद्ध ठूलो अन्तरको हार ब्यहोरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक एक गोल गरे ।

हारे पनि नेपालले प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना भने जिवित छ । नेपालले बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाललाई पुग्छ । माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि पुग्नेछ ।

अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : २४ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र