मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई कारबाही | Khabarhub Khabarhub

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई कारबाही


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्कूल बसका सवारी चालकले पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको चेकजाँचका क्रममा स्कूल बसका चालकले मापसे गरेरै बस चलाउने गरेको पाइएको हो।

आइतबार मात्रै उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरेको छ।

जस अन्तरगत विभिन्न स्कुलका पाँच वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

उक्त चेकजाँच अभियानलाई निरन्नतर सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ४६ बजे

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’