कतार विश्वकप : हय्या भएकालाई युएई र साउदी प्रवेश गर्न भिसा नचाहिने  « Khabarhub

कतार विश्वकप : हय्या भएकालाई युएई र साउदी प्रवेश गर्न भिसा नचाहिने 



दोहा – आगामी नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप-२०२२  हेर्न आउने दर्शकलाई संयुक्त अरब इमिरेट्सले (युएई) ले पनि भिसा दिने भएको छ ।

युएईले आसन्न कतार विश्वकपको अवधिमा हय्या कार्ड होल्डरहरूलाई मल्टिपल एक्जिट रिइन्ट्री भिसा दिने घोषणा गरेको हो । सबै हय्या कार्ड होल्डरहरूले भिसा जारी भएको मितिदेखि ९० दिनसम्म युएईमा प्रवेश गर्न र बस्न सक्ने जनाइएको छ ।

भिसा थप ९० दिनका लागि लम्ब्याउन सकिने युएईको सरकारी मिडिया कार्यालयले आफ्नो ट्विटर ह्यान्डलमार्फत जनाएका छन् । हय्या कार्ड होल्डरहरूले भिसाको वैधता अवधिमा धेरै प्रविष्टिहरू अनुमति दिइने जनाएको छ ।

हय्या कार्ड होल्डरहरूले १०० दिराम तिरेर थप ९० दिनका लागि भिसा थप्न सक्ने जनाएको छ । भिसा आवेदन नोभेम्बर १, २०२२ मा www.icp.gov.ae मार्फत सुरु हुनेछ। जहाँ भिसा कसरी प्राप्त गर्ने भन्नेबारे चरण-चरण प्रक्रिया उपलब्ध हुनेछ ।

यसअघि साउदी अरबले पनि कतार विश्वकपको समयमा हय्या कार्ड हुने दर्शकले साउदी प्रवेश गर्न भिसा लिन नपर्ने जनाइसकेको छ ।

हय्या कार्ड भएका यात्रुले साउदी प्रवेशका लागि निवेदन दिनुपर्नेछ। यो नियम विश्वकप सुरु हुन १० दिनअघि देखि नियम लागू हुनेछ। भिसा ६० दिन सम्मका लागि मान्य हुने साउदीले जनाएको छ।

भिसाको अवधिभर जुनसुकै बेला आवतजावत गर्न पाइने छ। फिफाका दर्शकहरूलाई मध्यनजर गर्दै यस्तो सुविधा दिने साउदी अरब पछि युएई दोस्रो मुलुक हो ।

१८ डिसेम्बरसम्म चल्ने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ५५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल