कतार विश्वकप : हय्या भएकालाई युएई र साउदी प्रवेश गर्न भिसा नचाहिने  | Khabarhub Khabarhub

कतार विश्वकप : हय्या भएकालाई युएई र साउदी प्रवेश गर्न भिसा नचाहिने 



दोहा – आगामी नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप-२०२२  हेर्न आउने दर्शकलाई संयुक्त अरब इमिरेट्सले (युएई) ले पनि भिसा दिने भएको छ ।

युएईले आसन्न कतार विश्वकपको अवधिमा हय्या कार्ड होल्डरहरूलाई मल्टिपल एक्जिट रिइन्ट्री भिसा दिने घोषणा गरेको हो । सबै हय्या कार्ड होल्डरहरूले भिसा जारी भएको मितिदेखि ९० दिनसम्म युएईमा प्रवेश गर्न र बस्न सक्ने जनाइएको छ ।

भिसा थप ९० दिनका लागि लम्ब्याउन सकिने युएईको सरकारी मिडिया कार्यालयले आफ्नो ट्विटर ह्यान्डलमार्फत जनाएका छन् । हय्या कार्ड होल्डरहरूले भिसाको वैधता अवधिमा धेरै प्रविष्टिहरू अनुमति दिइने जनाएको छ ।

हय्या कार्ड होल्डरहरूले १०० दिराम तिरेर थप ९० दिनका लागि भिसा थप्न सक्ने जनाएको छ । भिसा आवेदन नोभेम्बर १, २०२२ मा www.icp.gov.ae मार्फत सुरु हुनेछ। जहाँ भिसा कसरी प्राप्त गर्ने भन्नेबारे चरण-चरण प्रक्रिया उपलब्ध हुनेछ ।

यसअघि साउदी अरबले पनि कतार विश्वकपको समयमा हय्या कार्ड हुने दर्शकले साउदी प्रवेश गर्न भिसा लिन नपर्ने जनाइसकेको छ ।

हय्या कार्ड भएका यात्रुले साउदी प्रवेशका लागि निवेदन दिनुपर्नेछ। यो नियम विश्वकप सुरु हुन १० दिनअघि देखि नियम लागू हुनेछ। भिसा ६० दिन सम्मका लागि मान्य हुने साउदीले जनाएको छ।

भिसाको अवधिभर जुनसुकै बेला आवतजावत गर्न पाइने छ। फिफाका दर्शकहरूलाई मध्यनजर गर्दै यस्तो सुविधा दिने साउदी अरब पछि युएई दोस्रो मुलुक हो ।

१८ डिसेम्बरसम्म चल्ने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ५५ बजे

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरी– ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि

विदेश सचिवको ब्रिफिङ : भारतको आक्रमण पाकिस्तानी सेना, संरचना र सर्वसाधारणविरुद्ध होइन

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतले आतंकवाद विरुद्ध

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)

काठमाडौं– रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३