अन्नबालीबाट राम्रो कमाई नभएपछि तरकारी खेती मुख्य आम्दानीको स्रोत « Khabarhub

अन्नबालीबाट राम्रो कमाई नभएपछि तरकारी खेती मुख्य आम्दानीको स्रोत


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- धनकुटाकाे महालक्ष्मी नगरपालिकाका किसानले तरकारी खेतीबाट मात्रै वार्षिक लाखौँ आम्दानी लिँदै आएका छन् । महालक्ष्मी-१ की रेनुका कटुवालले पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छन् । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष ६ लाख आम्दानी लिने लक्ष्य उनले लिएकी छन् ।

परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका किसानहरूको गतिलो आर्थिक स्रोत नै तरकारी खेती बन्दै आएको छ ।

गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै तरकारी खेती फस्टाएको छ । केही वर्ष अघिसम्म पसल गर्दै आएका उनले पसल नचलेपछि तरकारी खेती रोजेकी हुन् । उनी भन्छिन्, ‘पहिले हामी पसल चलाउँथ्यौँ, तर पसल चलेन त्यसपछि तरकारी खेती थालेका हौं । तरकारी खेतीबाट यो लाख ६ लाख आम्दानी लिने लक्ष्य छ । हामीले उत्पादन गरेको तरकारी व्यापारीले बारीबाटै लान्छन् बेच्नलाई समस्या छैन । यसपालि तरकारीको बजार पनि राम्रो भएकाले सोचजस्तो आम्दानी हुन्छ भन्नेमा ढुक्क छु ।’

उनी जस्तै जितबहादुर अधिकारी विगत ३० वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। अधिकारीलाई तरकारी खेती गर्न यति बेला भ्याई नभ्याई बनेको छ । कोसी राजमार्गसँगै जोडिएको यो गाउँ तरकारी खेतीले बाह्रमासै हरियाली हुन्छ । ‘कुनै कुनै साल तरकारीको भाउ नहुँदा मात्रै समस्या हुन्छ हामीलाई । बजारको समस्या छैन अन्नबालीले हाम्रो श्रम र मेहनत मै नउठ्ने भएपछि तरकारी खेती रोजेका छौ । तरकारी खेतीले हाम्रो घरपरिवार चलाउन सहज मात्रै बनेको छैन राम्रो आम्दानी लिँदै आएका छौँ,’ उनले भने ।

अधिकारीले तरकारी बिक्रीबाट मात्रै वार्षिक पाँच लाख बढी आम्दानी लिँदै आएका छन् । कटुवाल र अधिकारी जस्तै यहाँका किसानहरू तरकारी खेतीबाटै वार्षिक लाखौँ आम्दानी लिँदै आएका छन् । तरकारीको जोन क्षेत्रको रूपमा रहेको यस क्षेत्र मल बीउको  भने समस्या हुँदै आएको किसान उद्धवमणि रायमाझीले भनाइ छ । ‘तरकारीको जोन क्षेत्र भए पनि हामीलाई मल र बीउको समस्या छ । किसानहरूको समस्यालाई सरकारले पनि चासो नदिँदा हामीले चाहे जस्तो तरकारी उत्पादन गर्न सकेका छैनौँ,’ रायमाझीले भने । यहाँ काउली, बन्दा, मुला,गाँजर,आलु,माेटरकोसालगायतका तरकारी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानहरूमा निर्यात हुँदै आएको छ । किसानले एक रोपनीदेखि ५० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १२ : २९ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी