अन्नबालीबाट राम्रो कमाई नभएपछि तरकारी खेती मुख्य आम्दानीको स्रोत « Khabarhub

अन्नबालीबाट राम्रो कमाई नभएपछि तरकारी खेती मुख्य आम्दानीको स्रोत


१५ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- धनकुटाकाे महालक्ष्मी नगरपालिकाका किसानले तरकारी खेतीबाट मात्रै वार्षिक लाखौँ आम्दानी लिँदै आएका छन् । महालक्ष्मी-१ की रेनुका कटुवालले पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छन् । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष ६ लाख आम्दानी लिने लक्ष्य उनले लिएकी छन् ।

परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका किसानहरूको गतिलो आर्थिक स्रोत नै तरकारी खेती बन्दै आएको छ ।

गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै तरकारी खेती फस्टाएको छ । केही वर्ष अघिसम्म पसल गर्दै आएका उनले पसल नचलेपछि तरकारी खेती रोजेकी हुन् । उनी भन्छिन्, ‘पहिले हामी पसल चलाउँथ्यौँ, तर पसल चलेन त्यसपछि तरकारी खेती थालेका हौं । तरकारी खेतीबाट यो लाख ६ लाख आम्दानी लिने लक्ष्य छ । हामीले उत्पादन गरेको तरकारी व्यापारीले बारीबाटै लान्छन् बेच्नलाई समस्या छैन । यसपालि तरकारीको बजार पनि राम्रो भएकाले सोचजस्तो आम्दानी हुन्छ भन्नेमा ढुक्क छु ।’

उनी जस्तै जितबहादुर अधिकारी विगत ३० वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। अधिकारीलाई तरकारी खेती गर्न यति बेला भ्याई नभ्याई बनेको छ । कोसी राजमार्गसँगै जोडिएको यो गाउँ तरकारी खेतीले बाह्रमासै हरियाली हुन्छ । ‘कुनै कुनै साल तरकारीको भाउ नहुँदा मात्रै समस्या हुन्छ हामीलाई । बजारको समस्या छैन अन्नबालीले हाम्रो श्रम र मेहनत मै नउठ्ने भएपछि तरकारी खेती रोजेका छौ । तरकारी खेतीले हाम्रो घरपरिवार चलाउन सहज मात्रै बनेको छैन राम्रो आम्दानी लिँदै आएका छौँ,’ उनले भने ।

अधिकारीले तरकारी बिक्रीबाट मात्रै वार्षिक पाँच लाख बढी आम्दानी लिँदै आएका छन् । कटुवाल र अधिकारी जस्तै यहाँका किसानहरू तरकारी खेतीबाटै वार्षिक लाखौँ आम्दानी लिँदै आएका छन् । तरकारीको जोन क्षेत्रको रूपमा रहेको यस क्षेत्र मल बीउको  भने समस्या हुँदै आएको किसान उद्धवमणि रायमाझीले भनाइ छ । ‘तरकारीको जोन क्षेत्र भए पनि हामीलाई मल र बीउको समस्या छ । किसानहरूको समस्यालाई सरकारले पनि चासो नदिँदा हामीले चाहे जस्तो तरकारी उत्पादन गर्न सकेका छैनौँ,’ रायमाझीले भने । यहाँ काउली, बन्दा, मुला,गाँजर,आलु,माेटरकोसालगायतका तरकारी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानहरूमा निर्यात हुँदै आएको छ । किसानले एक रोपनीदेखि ५० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  १२ : २९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको