वन क्षेत्रमा फोहर नफाल्न उपमहानगरलाई पत्र | Khabarhub Khabarhub

वन क्षेत्रमा फोहर नफाल्न उपमहानगरलाई पत्र


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन् । उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ । 

फोहर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ । यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो । उपमहानगरले कुनै सुनुवाइ नगरेको सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीले बताए । समूहले जिल्ला डिभिजन वन कार्यालय सुनसरीलाई समेत जानकारी गराएको थियो ।

समूहले वनलाई जानकारी गराएपछि वन कार्यालयले चासो देखाएर उपमहानगर र सव डिभिजन कार्यालय पाँचकन्यालाई पत्र लेखेको छ । डिभिजन वन कार्यालय सुनसरीका डिभिजन अधिकृत भीमबहादुर कालिकोटेद्वारा हस्ताक्षरित पत्रमा उपमहानगरपालिकाबाट निस्किएका प्लास्टिकजन्य बस्तु तथा नकुहिने फोहर सामुदायिक वन क्षेत्रभित्र सेउती खोला किनारमा फाल्ने गरेको बुझिएकाले उपमहानगरसँग समन्वय गरी सहरी क्षेत्रबाट निस्केका फोहरमैला वन क्षेत्रमा नफाल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । 

कालिकोटेले यही भदौ १२ गते सव डिभिजनलाई पत्र लेखेका छन् । सोही पत्र पाँचकन्याले बाँझगरा सामुदायिक वनलाई बोधार्थ दिइएको छ । जिल्लाको पत्र आएलगत्तै पाँचकन्या सव डिभिजनले सामुदायिक वनअन्तर्गत तीनकुने क्षेत्रमा फोहर नफाल्न उपमहानगपालिकालाई पत्राचार गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  २ : ३६ बजे

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमणमा जाँदै छन्