दुई दिनभित्रै टेकुको फोहर व्यवस्थापन गरिने  « Khabarhub

दुई दिनभित्रै टेकुको फोहर व्यवस्थापन गरिने 


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत चार महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम आगामी दुई दिनभित्र सकिने भएको छ । सिसडोलबञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौँ उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो ।  

उपत्यकाको सडक छेउछाउमा पनि लामो समयदेखि फोहरको डङ्गुर थियो । उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता  काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोलबञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य हुन थालेको हो । सहमतिपछि यसअघि सडकमा थुपारिएको फोहर व्यवस्थापनको काम सकिएको छ ।

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले भनिन् ,’आगामी दुई दिनमा यसअघि ट्रान्सफरस्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम हुन्छ ।’ गत वैशाख १२ गतेदेखि टेकुमा थुपारिएको फोहरको व्यवस्थापन हुन सकेको थिएन । स्थानीयवासीको अवरोधकैबीच विगत चार महिनाको अवधिमा बढीमा १५ दिन  फोहरको व्यवस्थापन भए पनि अन्य दिन एक गाडी पनि फोहरको व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ ।  

यसअघिको फोहरसमेत  व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । फोहर व्यवस्थापनको काम कतै बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गरिन् ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ। यसअघि पनि लामो समय फोहर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । 

हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामानै कुहिने फोहर व्यवस्थापन गर्न भन्दै स्थान पहिचानको काम गरिरहेको बताएको छ । सम्भावित केही स्थान पहिचान गरेपनि स्थानीय त्यस विषयमा सकारात्मक हुन नसक्दा थप काम भने अघि बढ्न नसकेको कामपाको गुनासो छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : ०६ बजे

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

जापानद्वारा विश्वको सबैभन्दा ठूलो आणविक संयन्त्र स्थगित

एजेन्सी– जापानमा विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी–कारिवा प्लान्टको

झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा