सामाजिक सञ्जालको दूरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई जना पक्राउ « Khabarhub

सामाजिक सञ्जालको दूरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई जना पक्राउ


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको साइवर ब्यूरो भोटाहिटिको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत साथी बनाइ महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ वर्षीय जेम्स तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमार्फत साथी बनाइ विभिन्न लोभलालच देखाई पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमार्फत प्रसारण गरिदिने भनी मानसिक यातना र दुःख हैरानी दिएकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट पाँच/पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए । 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : २१ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार