'नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गर्दा पार्टीभित्र विद्रोह' | Khabarhub Khabarhub

‘नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गर्दा पार्टीभित्र विद्रोह’


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गरेका कारण आफूहरू विद्रोह गर्न बाध्य भएको बताए ।  सुर्खेतमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले लामो समयसम्म अन्तरविरोध चल्दासमेत मुख्य नेतृत्वको कार्यशैलीमा सुधार आउने सम्भावना नदेखेपछि अलग पार्टी गठन गर्नुपरेको बताए । 

नेता खनालले तत्कालीन नेकपा विघटन र त्यसपछि नेकपा (एमाले) विभाजन हुनुमा तत्कालीन मुख्य नेतृत्व नै जिम्मेवार रहेको बताए । ‘नेतृत्वले आफ्नो गुटलाई काखा अरुलाई पाखा लगाउने, कम्युनिष्ट आचरण, जीवनशैलीबाट च्यूत हुने र पार्टीलाई सही कार्यदिशामा हिँडाउनको साटो एकपछि अर्को गर्दै प्रतिगामी कदम चालेकाले गम्भीर समस्या पैदा भयो’, उनले भने, ‘अन्तरविरोधबाट सिर्जित समस्याको समाधान नगरी हैकमवादी, निरङ्कुश कार्यशैलीले एउटै पार्टीमा रहन सम्भव भएन, धेरै प्रयास गरियो, अन्ततः समाजवादी क्रान्तिको आधार तय गर्न पुनः गतिलो क्रान्तिकारी पार्टीको आवश्यकता देख्यौँ ।’

उनले पार्टीले छोटो अवधिमै सङ्गठन निर्माणमा ठूलो सफलता प्राप्त गरेको टिप्पणी गर्दै भने , ‘क्रान्तिको ठूलो उभार हाम्रो सामु छ, इमानदार भएर समयको गति बुझ्नसके हाम्रो कार्यदिशा र नीति एवं सिद्धान्त स्थापित हुनेछ, आम जनता आकर्षित हुने स्थिति छ ।’ नेता खनालले कम्युनिष्ट पार्टीबीचको एकताबाट मात्र नेपालमा तीन ऐतिहासिक उपलब्धि हासिल भएको दाबी गरे । 

उनले भने, ‘२०६२र६३ को जनआन्दोलनबाट निरङ्कुश राजतन्त्रको अन्त्य, विदेशीका अनेक षडयन्त्रका बाबजुद २०७२ सालमा संविधान निर्माण र २०७४ सालको सङ्घ/प्रदेश निर्वाचनमा दुई तिहाइ जनमत हासिल भएको हो ।’ एउटा निर्वाचनबाट छ प्रदेश र केन्द्रमा दुई तिहाइ बहुमतको सरकार बनाउनु कम्युनिष्ट पार्टीका लागि चानचुने उपलब्धि नभएको खनालको भनाइ थियो ।  

पार्टीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले स्थानीय तह निर्वाचनलाई शिक्षाका रूपमा लिँदै पार्टी आगामी निर्वाचनमा जनताका बीचमा थप स्थापित हुने विश्वास व्यक्त गरे । उनले चुनाव जित्ने–हार्ने विषयमात्र नभएर पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएको धारणा राखे । 

कार्यकर्ता भेलामा सो पार्टीका प्रदेश सहइञ्चार्ज चन्द्रबहादुर शाही, शेरबहादुर केसी, प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापालगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ११ बजे

भारतमा लोक सभाका लागि गरिएको पाँचौ चरणको मतदान, ३६.७३ प्रतिशत मतदान

नयाँदिल्ली– भारतमा लोक सभाका लागि सोमबार गरिएको पाँचौ चरणको मतदानमा

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं– नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री

वैदेशिक व्यापार घट्यो, अघिल्लो वर्षको तुलनामा साढे दुई प्रतिशतले घट्यो आयात

काठमाडौं– नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । अघिल्लो आर्थिक

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

गृहमन्त्री लामिछानेलाई कारबाही गर्न सांसद गुरुङको माग 

काठमाडौं- कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई