सारिया कानुन, विश्वकप र कामदारको स्वास्थ्य | Khabarhub Khabarhub

सारिया कानुन, विश्वकप र कामदारको स्वास्थ्य


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

२० नोभेम्बरबाट कतारमा सुरु हुने विश्वकप फुटबल हेर्नका लागि संसारबाट १५ लाख मानिस त्यहाँ पुग्ने अनुमान गरिएको छ। विश्वकपको पूर्व सन्ध्यामा यो सानो इस्लाम राज्यले अनेकौं विरोधको सामना गर्नु परेको छ। सबै भन्दा धेरै विरोध त्यहाँ समान लिङ्गीको यौन सम्पर्कका बारे सरकारको अडान नै हो।

कतारको कठोर सारिया कानुन अनुसार एउटै लिङ्गी बीचको यौन सम्पर्क पूर्ण रूपमा अनैतिक मानिन्छ। यी कानुनका अनुसार त्यस बापत गिरफ्तार मात्र होइन। सात वर्षसम्मको जेल सजाय तथा मृत्यु दण्डसमेत हुनसक्छ। कतार विश्वकपको आयोजक कमिटीले संसारका जो कोही पनि विश्वकप हेर्न आउन सक्ने तथा कसैलाई भेदभाव नहुने जनाएको छ।

कतार विश्वकप २०२२ का कार्यकारी प्रमुख नासेर अल खातेरले समलिङ्गीका बारेमा सारिया कानुनमा अडिग रहेको बताउँदै सबैलाई कतारको संस्कृति र संस्कारको सम्मान गर्न अनुरोध गरेका छन्। उनले सार्वजनिक स्थानमा कुनै यस्तो जोडीको हरकत पनि असह्य हुने बताएका छन्।

भवन निर्माण स्थलमा धेरै कामदारको ज्यान गएको छ भने धेरैको स्वास्थ्यमा गम्भीर समस्या आएको छ। कमजोर स्वास्थ्य मापदण्डका कारण यो समस्या आएको अन्तर्राष्ट्रिय समुदायको गुनासो छ।

कतार सरकारले समलिङ्गी र सम्पूर्ण किसिमका एलजीबीटीक्यूलाई गिरफ्तार गर्न सुरु गरेकोमा ह्युमन राइट वाचले आपत्ति जनाएको छ। कतार फुटबल टोलीले समलिङ्गीको बारे कतारको कानुनका बारे पुर्न विचार गर्नु पर्ने बताउँदै आपत्ति जनाएका छन्।

कतार विश्वकपलाई सफल बनाउन लागि परेका ३० हजार आप्रवासी कामदारको स्वास्थ्यमा खेलबाड गरेको भन्दै एक भिडियो सार्वजनिक गर्दै अस्ट्रेलियन टोलीका खेलाडीले आलोचना गरेका छन्। भवन निर्माण स्थलमा धेरै कामदारको ज्यान गएको छ भने धेरैको स्वास्थ्यमा गम्भीर समस्या आएको छ। कमजोर स्वास्थ्य मापदण्डका कारण यो समस्या आएको अन्तर्राष्ट्रिय समुदायको गुनासो छ।

कतारको मानव अधिकार सुचाङ्क नै कमजोर देखिएपछि डेनमार्क फुटबल टोलीले पुरै कालो किट लगाउने भएको छ। इङ्गल्यान्डका कप्तान हेरी केनसहित अन्य नौ युरोपेली टोलीका कप्तान समलिङ्गी कानुनको विरोध जनाउँदै ‘वान लभ’ लेखिएको ब्यान्ड लगाउने भएका छन्।

साविक विजेताको रूपमा प्रतियोगितामा सहभागी भए पनि फ्रान्सले राजधानी पेरिस लगायत ठूला सहरका पर्दामा या प्रोजेक्टरमा यसलाई प्रदर्शन नगर्ने भएको छ।

बेलायतका एलजीबीटीक्यू गतिविधिका संयोजक पिटर टाचेलले दोहामा रहेर विरोध गरेका कारण आफूलाई गिरफ्तार गरिएको बताएका छन्। कतारी सरकारले भने उनको आरोपलाई अस्वीकार गरेको छ।

सन् २०१० मा कतारले विश्वकप आयोजनाको अवसर पाएको थियो। त्यस समयमा भएको मतदानमा कतारले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पराजित गरेको थियो। विश्वकप आयोजनाको अवसर पाउने कतार पहिलो अरब राज्य हो। कतारमाथि फिफा अफिसियललाई घुस खुवाएको आरोप पनि नलागेको होइन। पछि ती सबै आरोपबाट कतार मुक्त भएको हो। कतारको पक्षमा वकालत गर्दै आएका त्यस समयका फिफा प्रमुख सेफ ब्लाटरले समेत कतार छानिएकोमा गल्ती भएको बताएका थिए।

कठोर मुस्लिम कानुन रहेको कतारमा सार्वजनिक बारमा समेत मदिरा सेवन बर्जित छ। त्यहाँ निश्चित स्थानमा किनेर लगेर मदिरा पिउँदा पनि १ क्यान बियरको १० अमेरिकी डलरसम्म मूल्य पर्छ।

तेल र ग्यासको कारण संसारकै धनी देशको सूचीमा रहेको कतारमा २९ लाख जनसङ्ख्या छ। विश्वकप आयोजनालाई नै लक्षित गर्दै सात वटा नयाँ रङ्गशाला बनाइएका छन्। १ सय भन्दा बढी होटेल, नयाँ मेट्रो र नयाँ सडक बनाइएका छन्।

कठोर मुस्लिम कानुन रहेको कतारमा सार्वजनिक बारमा समेत मदिरा सेवन बर्जित छ। त्यहाँ निश्चित स्थानमा किनेर लगेर मदिरा पिउँदा पनि १ क्यान बियरको १० अमेरिकी डलरसम्म मूल्य पर्छ। आयोजकले विश्वकपको समयमा खेल हुनु भन्दा तीन घण्टा अगाडि तथा खेल सकिएको एक घण्टा पछाडि निश्चित क्षेत्रमा मदिरा पिउने व्यवस्था गरिने जनाएको छ।

तापक्रम २५ डिग्री सेल्सियस रहेको समयमा २० नोभेम्बर देखि १८ डिसेम्बरसम्म विश्वकप फुटबलको आयोजना हुँदै छ। विश्वकप फुटबल आयोजना हुने समय जुन र जुलाई महिनामा कतारको तापक्रम ४० डिग्री भन्दा धेरै ५० डिग्रीको हाराहारीको रहने गरेको छ। कतारले सुरुमा सम्पूर्ण एसी भएको रङ्गशालामा खेल सञ्चालनको योजना बनाएको थियो। पछि गएर त्यो सम्भव भएन।

नोभेम्बर र डिसेम्बर महिनामा विश्वकप फुटबलको आयोजना कम्ती कठिन भने होइन। यसै समयमा धेरै युरोपेली देशका व्यावसायिक घरेलु लिग चलिरहेका हुन्छन्। त्यस लिगमा नाम चलेका खेलाडी नै कतार विश्वकपको टोलीमा छन्।

मेसीको हकमा उनले यो अन्तिम विश्वकप भएको घोषणा गरेका कारण पनि धेरैको चासो भएको हो। संसारमा एकपछि अर्को सफलता पाएका मेसीले अर्जेन्टिनालाई विश्वकप दिलाएर खेल जीवनको अन्त्य गर्ने चाहनामा छन्।

अन्तर्राष्ट्रिय खेल महोत्सवको एक साता अगाडिदेखि नै इटालियन सिरिए, इङ्ग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगा लगायत धेरै घरेलु लिग बन्द हुने भएका छन्। विश्वकप सकिएपछि नै ती लिग फेरि सुचारु हुने छन्।

विश्वकपको पहिलो खेल आयोजक कतार र इक्वेडरबीच हुनेछ। समूह ‘ए’मा रहेका यी दुई टोलीले समूह चरणमै सेनेगल र नेदरल्यान्ड्सको सामना गर्ने छन्।

समूह ‘बी’मा इङ्गल्यान्ड, इरान, अमेरिका र वेल्स छन्। समूह ‘सी’मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड छन्। समूह ‘डी’मा डेनमार्क, ट्युनेसीया, साबिक विजेता फ्रान्स र अस्ट्रेलिया छन्।

समूह ‘इ’मा जापान, जर्मनी, स्पेन र कोस्टारिका छन्। समूह ‘एफ’मा मोरक्को, क्रोएसिया, बेल्जियम र क्यानडा छन्। समूह ‘जी’मा ब्राजिल, सर्बीया, स्वीजरल्यान्ड र क्यामरुन छन्। समूह ‘एच’मा हङ्गेरी, दक्षिण कोरिया, पोर्चुगल र घाना छन्।

शीर्ष खेलाडीको भीडमा केभिन ब्रायन, नेइमार, भिन्सिक जुनियर, मोड्रिक, हेरी केन, पेड्रो र भर्जिल भान डिज्क कतार विश्वकपका हेर्न लायक खेलाडी हुन्।

विश्वकपको पूर्व सन्ध्यामा धेरैले सम्भाव्य स्टारको आङ्कलन गर्न पनि थालेका छन्। हरेक विश्वकपको पूर्व सन्ध्यामा पण्डितको यो एउटा नियमित काम नै बनेको छ। यस पटक पनि धेरैले सम्भाव्य स्टारको चर्चा गर्न थालेका छन्।

विश्व फुटबलका दुई महान् स्टार लीयोनल मेसी र क्रिस्टीयानो रोनाल्डोका लागि पक्कै पनि यो अन्तिम विश्वकप हुनेछ। अन्तिम विश्वकपमा गरिने उनीहरूको प्रदर्शन संसारभरका लाखौँ फ्यानहरूले ध्यानपूर्वक पर्खिराखेका छन्। यी दुई स्टारको साथमा यस पटक पनि फ्रान्सेली स्टार पेरिस सेन्ट जर्मनका केयलीन एम्बापे हेर्न लायक खेलाडी हुनेछन्।

यसै शीर्ष खेलाडीको भीडमा केभिन ब्रायन, नेइमार, भिन्सिक जुनियर, लुका मोड्रिक, हेरी केन, पेड्रो र भर्जिल भान डिज्क कतार विश्वकपका हेर्न लायक खेलाडी हुन्।

विगतको विश्वकप धेरै स्टारका लागि ब्रेक थ्रू प्रतियोगिताको रूपमा थियो। विश्वकपमा नसोचिएका स्टारको उदय र नाम चलेका स्टारको कमजोर प्रदर्शन पनि बारम्बार चर्चाको विषय बन्ने गरेको छ। यस पटक निःसन्देह एम्बापेको खेल धेरैले प्रतीक्षा गरेर बसेका छन्। साबिक विजेता टोलीका यी स्टार महत्त्वपूर्ण समयमा क्लिक हुने आदतका कारण उनी प्रति धेरै आशावादी भएका हुन्।

मेसीको हकमा उनले यो अन्तिम विश्वकप भएको घोषणा गरेका कारण पनि धेरैको चासो भएको हो। संसारमा एकपछि अर्को सफलता पाएका मेसीले अर्जेन्टिनालाई विश्वकप दिलाएर खेल जीवनको अन्त्य गर्ने चाहनामा छन्।

रोनाल्डोले पाँचौँ पटक विश्वकप खेल्ने अवसर पनि पाएका छन्। महत्त्वपूर्ण प्रतियोगितामा उत्कृष्ट खेल र कुशल नेतृत्व दिएर टोलीलाई अगाडि बढाउने उनले यस पटक पोर्चुगललाई कहाँ सम्म लैजाने हुन् ? धेरैको चासो बनेको छ।

बेल्जियममा डी ब्रायनले बारम्बार आफूलाई संसारको उच्च कोटीमा मिडफिल्डर भएको पुष्टि गरेका छन्। कतार विश्वकप उनका लागि फेरि एक पटक संसारको सबै भन्दा उत्कृष्ट मिडफिल्डर पुष्टि गर्ने अवसर बनेको छ।

पोर्चुगलले प्ले अफमा उत्तरी मेसोडोनीयालाई हराएर मुस्किलले विश्वकपको यात्रा तय गरेको थियो। योसँगै रोनाल्डोले पाँचौँ पटक विश्वकप खेल्ने अवसर पनि पाएका छन्। महत्त्वपूर्ण प्रतियोगितामा उत्कृष्ट खेल र कुशल नेतृत्व दिएर टोलीलाई अगाडि बढाउने उनले यस पटक पोर्चुगललाई कहाँ सम्म लैजाने हुन् ? धेरैको चासो बनेको छ। रियल म्याड्रिडमा करिम बेन्जामासँग मिलेर सनसनी फैलाएका भिन्सीक जुनियरका लागि आफूलाई थप पुष्टि गर्ने यो प्रतियोगिता राम्रो अवसर हुनेछ।

धेरै हदसम्म विश्वकप फुटबल विगतको निरन्तरता हो। सनसनीपूर्ण खेल, स्टारको उदय, हाँसो, खुसी र रोदनको पाटो रोचक हुन्छ। यी सबैका बाबजुद एलजीबीटीक्यू माथिको कडाइ र आप्रवासी कामदारको स्वास्थ्य माथिको खेलबाडको कारण कतार विश्वकप इतिहासकै सबै भन्दा दुर्नाम विश्वकप पनि हो।
स्रोत : बीबीसी , एलजीबीटीक्यू

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ०१ बजे

मुग्लिङ-काठमाडौं सडकको दर्जन ठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य नाका ठप्प

काठमाडौं- शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कमा आज ‘चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष

सहकारी डुबाएर फरार ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

काठमाडौं- सहकारी डुबेपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर

उत्पादन र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारी

पाटन– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र

अब उखु र दूध किसानको पनि दशैँ आउँछ : मन्त्री अधिकारी  

काठमाडौं– सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध