गोकर्ण भर्सेस रामकुमारी, मतदाता संकटमा | Khabarhub Khabarhub

डेटलाइन गुल्मी-२

गोकर्ण भर्सेस रामकुमारी, मतदाता संकटमा



तम्घास- गुल्मी क्षेत्र नम्बर-२ का मतदाता यसपाली बडो धर्म संकटमा परेका छन्। हुन त राजनीति विधालाई नै ‘डर्टी गेम’ भन्ने गरिन्छ। जहाँ चुनावमा जनताले ‘कम खराब’ उम्मेदवारलाई रोज्ने गर्छन्।

गुल्मी-२ को कुरा बेग्लै छ। परस्पर प्रतिस्पर्धी दुबै उम्मेदवार सापेक्षिक रुपमा असल भएकाले यसपाली गुल्मेलीलाई ‘बढी असल’ उम्मेदवार पहिचान गरेर जिताउनुपर्ने चुनौती छ। उम्मेदवारलाई भन्दा मतदाताका लागि चुनौतीपूर्ण बनेको छ यसपालीको निर्वाचन।
गुल्मी-२ मा यसपाली पहिला नेकपा (एमाले)मै आवद्ध गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच नै प्रतिस्पर्धा हुँदैछ। विष्ट एमालेबाट र एकीकृत समाजवादीकी झाँक्री सत्ता गठबन्धनका तर्फबाट खडा भएकी हुन्। झाँक्री पूर्व एमाले नेतृसमेत रहेकाले यो प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको हो।

व्यक्तित्वका हिसाबले विष्ट र झाँक्री दुबै बेदाग छन्। मन्त्री भइसकेका यी दुबै नेतामाथि भ्रष्टाचारको कुनै कलंक लागेको छैन। योगदानका हिसाबले पनि दुबै कम छैनन्।

बेदाग गोकर्ण
गुल्मीका नेता गोकर्ण विष्टले २०५६ देखि चुनाव लडदै आएका छन्। प्रतिनिधिसभामा यसपाली पाँचौ पटक उमेदवारी दिएका विष्ट २०६४ मा तत्कालिन माओवादीसँग पराजित भएका थिए।
तीन पटकसम्म प्रतिनिधिसभामा निर्वाचित विष्ट इमानदार, शालिन, शिष्ट र सादगीपूर्ण नेताका रुपमा परिचित छन्।

नयाँ संविधान जारी हुनुअघि तात्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा ऊर्जामन्त्री भएका विष्टले निर्वाह गरेको भूमिकाको निकै प्रशंसा भएको थियो।

विष्टकै पहलमा लामो वार्तापछि मलेसियासँग शून्य लागतमा कामदार पठाउने गरी श्रम सम्झौता भएको थियो। यूएई, मोरिसस र जापानसँग श्रम सम्झौता मात्र भएन, ओमानसँगको श्रम सम्झौता पनि अन्तिम चरणमा पुगेको थियो।

बिजुली महसुल नतिर्नेमाथि उनले लाइन काटनेदेखि अनेक कार्वाही चलाएका थिए। ऊर्जा क्षेत्रमा उनले व्यापक सुधार थालेका थिए।
२९७४ को निर्वाचनपछि केपी ओलीको सरकारमा विष्ट श्रममन्त्री थिए। तर, मन्त्रीहरुको कार्य मूल्यांकनका लागि लागू गरिएको ‘रेकर्ड कार्ड’का आधारमा विष्टलाई २१ महिनामै मन्त्रीबाट हटाइयो। बिष्टलाई मन्त्रीबाट हटाउनुमा तात्कालीन प्रधानमन्त्री ओलीको पूर्वाग्रहले काम गरेको थियो। किनकी विष्ट एमालेमा माधव नेपाल समूहबाट मन्त्री बनेका थिए।

ओली निकटका मन्त्री भानुभक्त ढकाल, गोकुल बासकोटा र नेकपाकै त्यसबेलाका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’की बुहारी खानेपानी मन्त्री बिना मगर अनेक कमिसनका खेलबाट बदनाम भइरहेको बेला श्रममन्त्री गोकर्ण विष्ट भने लोकप्रिय भइरहेका थिए।
विष्टकै पहलमा लामो वार्तापछि मलेसियासँग शून्य लागतमा कामदार पठाउने गरी श्रम सम्झौता भएको थियो। यूएई, मोरिसस र जापानसँग श्रम सम्झौता मात्र भएन, ओमानसँगको श्रम सम्झौता पनि अन्तिम चरणमा पुगेको थियो।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम विष्टकै कार्यकालमा संचालनमा आयो। यसैगरी श्रमिकको तलब वृद्धि, योगदानमा आधारित निवृत्तिभरण अनि बैंकबाट तलब वितरण गर्नुपर्नेलगायत श्रमिकको अवस्था निरीक्षणसम्बन्धी व्यवस्था उनले लागू गरे। यसैगरी सातवटै प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था पनि विष्टले मिलाए।

सकारात्मक र सार्थक काम गर्दागर्दै पनि आफूलाई हटाइएकोमा विष्टले प्रधानमन्त्री ओलीको कटु आलोचना पनि गरेनन्। लोकतन्त्रमा विश्वास राख्ने विष्टले ‘मन्त्री हटाउनु प्रधानमन्त्रीको अधिकार हो’ मात्र भने।

दुबै पटक मन्त्री हुँदा विष्टमाथि आर्थिक अपचलनको कुनै कलंक लागेन। मन्त्री हुँदा धेरैले करोडौं कमाउने गरेका बर्गेल्ती उदाहरण छन्। तर, श्रम मन्त्रालयबाट आफ्नो निवास फर्कदा विष्टमाथि उल्टै करीब पचास लाख रुपैयाँ ऋण थियो।

मन्त्रीबाट हटेपछि बिबिसीसँगको कुराकानीमा विष्टले भनेका थिए, ‘मन्त्रिमण्डल पुनर्गठन प्रधानमन्त्रीको अधिकारको कुरा हो। हामीले वैदेशिक रोजगारी व्यवस्थित तगर्न ठूलै मेहनत गर्यौं। देशभित्र रोजगारीका अवसर सिर्जना गर्न प्राथमिकताका साथ मेहनत गर्यौं। सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि पनि मेहनत गर्यौं। पसिना बगाएर काम गर्ने श्रमिकको हितका लागि सरकारको उपस्थिति देखाउने प्रयत्न गर्यौं।’

दुबै पटक मन्त्री हुँदा विष्टमाथि आर्थिक अपचलनको कुनै कलंक लागेन। मन्त्री हुँदा धेरैले करोडौं कमाउने गरेका बर्गेल्ती उदाहरण छन्। तर, श्रम मन्त्रालयबाट आफ्नो निवास फर्कदा विष्टमाथि उल्टै करीब पचास लाख रुपैयाँ ऋण थियो।

मन्त्रीबाट हटेपछि पनि १५ दिनसम्म गाडी सुविधा पाइन्छ। तर, विष्ट भने सिंहदरबारबाट लुखुर लुखुर हिंडेरै बाहिर आएका थिए। उनी सिंहदरबारको गेटबाट टयाक्सी चढेर घर फर्किएका थिए। गुल्मी-२ का मतदाताका लागि विष्टजस्ता प्रतिनिधिलाई संसदमा पठाउनु कम गौरवको विषय होइन।

रामकुमारीको उस्तै रौनक
गोकर्ण विष्ट झैं सत्ता गठबन्धनबाट खडा भएकी एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्री पनि युवा पुस्तामाझ आशलाग्दी नेत्री हुन्।

विद्यार्थी राजनीतिबाट स्थापित झाँक्री २०६२/०६३ को आन्दोलनमा सक्रिय एक जुझारु नेतृ हुन्। नेकपाभित्र तात्कालीन प्रधानमन्त्री केपी ओलीका हरेक असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आफूलाई उभ्याएकी झाँक्री माधव नेपालको कट्टर समर्थक भएर उदाएकी छन्।
नेता नेपालले एमाले त्यागेर एकीकृत समाजवादी पार्टी दर्ता गर्दा पहिला नेपाल समूहमै रहेका घनश्याम भुसाल, भीम रावल, योगेश भट्टराई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायतका ‘दश बुँदे सहमति’ पक्षधर नेताहरुले साथ दिएनन्।

मन्त्रिमण्डल पुनर्गठनका क्रममा गत असारमा मन्त्री पदबाट मुक्त भएकी झाँक्री ‘पिर्के सलामी प्रकरण’बाहेक अन्य भ्रष्टाचारजन्य मुद्दामा विवादमा परेकी छैनन्।

उनीहरु एमालेमै रहँदा झाँक्रीले नै नेता नेपालको हातै समातेर डोर्याउँदै नयाँ पार्टी दर्ता गर्न लगेकी थिइन्। ‘ओलीको प्रतिगमनविरुद्ध खडा भएको’ भन्दै नेता नेपालले पनि शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीका तर्फबाट झाँक्रीलाई नै सहरी विकास मन्त्री बनाए।

मन्त्रिमण्डल पुनर्गठनका क्रममा गत असारमा मन्त्री पदबाट मुक्त भएकी झाँक्री ‘पिर्के सलामी प्रकरण’बाहेक अन्य भ्रष्टाचारजन्य मुद्दामा विवादमा परेकी छैनन्।

आफ्नो कार्यकालमा झाँक्रीले विद्यमान राष्ट्रिय शहरी नीतिलाई परिमार्जन गर्दै संघीय ढाँचा अनुकूल बनाउन र शहरी विकास विधेयकको मस्यौदालाई अन्तिम रुप दिन यथेष्ट मात्रामा पहल गरेको देखिन्छ।

यसैगरी उनकै कार्यकालमा बागमती नदी र यसका सहायक नदीलाई स्वच्छ, सफा तथा प्रदूषणमुक्त राख्न, नदी क्षेत्र र त्यस वरपरको प्राकृतिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक सम्पदा र सभ्यता संरक्षण तथा विकासका लागि बागमती सभ्यता संरक्षण तथा विकाससम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिइयो।

कर्णाली प्रदेशमा लोपोन्मुख राउटे जातिको आवास व्यवस्थापनका लागि २०७८ पुस २३ गते झाँक्रीले लक्षित समूहसँग छलफल तथा अन्तरक्रिया गरेर आधारभूत पूर्वाधारसहितको आवास निर्माणको लागि डिजाईन र कार्यविधि तयार गरेकी थिइन्।

यसैगरी सघन शहरी विकास कार्यक्रमलगायत विभिन्न आयोजनामार्फत् तीन महिनाको अवधिमा ८७ किलोमिटर सडक निर्माण र ९१ किलोमिटर पक्की नाला निर्माण पनि उनकै कार्यकालमा सम्पन्न भयो।

झाँक्रीको कार्यकालमा भएका उल्लेखनीय काममध्ये बागमती नदी संरक्षण र सौन्दर्यीकरणका लागि काठमाडौंको गोकर्णदेखि गुह्येश्वरीसम्मको क्षेत्रमा अनधिकृत ढंगले निर्माण गरिएका २७ वटा घरटहरा हटाउनु हो।

काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि नुवाकोट-धादिङ्गमा निर्माणाधीन बञ्चरेडाँडा स्थित स्यानिटेरी ल्याण्डफील साइटको पहिलो सेलको निर्माण कार्य सम्पन्न गरेर फोहोर बिसर्जनको लागि योग्य भएको झाँक्रीले आफ्नो कार्यप्रगती विवरणमा उल्लेख गरेकी छन्।

फोहरमैला व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि एशियाली विकास बैंङ्कसँग करिब ७०० मिलियन अमेरिकी डलरको ऋण सम्झौताको तयारी पनि उनकै कार्यकालमा भएको हो।

झाँक्रीको कार्यकालमा भएका उल्लेखनीय काममध्ये बागमती नदी संरक्षण र सौन्दर्यीकरणका लागि काठमाडौंको गोकर्णदेखि गुह्येश्वरीसम्मको क्षेत्रमा अनधिकृत ढंगले निर्माण गरिएका २७ वटा घरटहरा हटाउनु हो।

यसैगरी एशियाली विकास बैंकको सहयोगमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमार्फत् सत्तल र मठमन्दिर गरी नौ वटा ऐतिहासिक सम्पदा पुनर्निर्माण र जिर्णोद्धार गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकिएको छ।

व्यक्तित्व, इमानदारिता, लोकतन्त्रप्रतिको निष्ठा र जनताप्रतिको जिम्मेवारीबोधका हिसाबले दुबै नेतामाथि खोट लगाउने ठाउँ छैन।

देशका विभिन्न ठाउँमा आवास निर्माण, भूमिहीनलाई जग्गा वितरणलगायत भौतिक पूर्वाधारका क्षेत्रमा सकेसम्म काम गरेकी झाँक्रीको ‘पर्फमेन्स’ अब्बल नभए पनि कमसल पनि थिएन। त्यसैले यसपाली झाँक्री पनि गुल्मी-२ का मतदाताका लागि उत्तिकै आकर्षक उम्मेदवार बनेकी छन्।

अब हेर्नु छ, दुई असल उम्मेदवार गोकर्ण र रामकुमारीमध्ये जनताले कसलाई बढी असल ठानेर भोट हाल्नेछन्।

मतको हिसाबकिताब
हालैको स्थानीय निर्वाचनमा गुल्मी-२ मा वडा अध्यक्षले पाएको मत हिसाब गर्दा झाँक्री आवद्ध रहेको एकीकृत समाजवादी चौंथो स्थानमा छ।

गुल्मी-२ मा कुल १ लाख ४ हजार ३ सय ७ मतदाता छन्। यो क्षेत्रबाट स्थानीय निर्वाचनमा एमालेले ३१ हजार २ सय ५३, कांग्रेसले २९ हजार ८ सय २१, माओवादीले १ हजार ८ सय ४१, एकीकृत समाजवादीले ६ सय ५८ तथा राप्रपाले १ सय १ मत प्राप्त गरेका छन्।

एमालेबाट विभाजित भएर फरकफरक कित्ताबाट उम्मेदवार बनेका विष्ट र झाँक्रीमध्ये कसलाई जिताउने भन्ने अन्यौलमा मतदाता देखिन्छन्।

निजी राजनीतिक अस्तित्वको ख्यालै नगरी उनले ओली विरोधी सत्ता गठबन्धनको कित्ता रोजीन, जुन उनको ‘प्लस प्वाइन्ट’ हो। विष्ट र झाँक्रीमध्ये कुनै एकलाई रोज्दा यही राजनीतिक अडान र पक्षधरतालाई नै मूल्यांकनको कसी बनाउने प्रवल संभावना छ।

व्यक्तित्व, इमानदारिता, लोकतन्त्रप्रतिको निष्ठा र जनताप्रतिको जिम्मेवारीबोधका हिसाबले दुबै नेतामाथि खोट लगाउने ठाउँ छैन। त्यसैले विष्ट र झाँक्रीबीच एक मात्र कसीले काम गर्ने देखिन्छ, त्यो हो, ओली पक्षधर र ओली इतर कित्ताको कसी।

विष्ट अहिले सत्ता गठबन्धनले प्रतिगामी र लोकतन्त्र विरोधीको संज्ञा दिँदै आएका एमाले अध्यक्ष केपी ओलीको कित्तामा छन्।
राजावादी राप्रपा र मधेश विद्रोहलाई तुहाउन भूमिका निर्वाह गर्ने जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेका ओलीकै कित्ताबाट उम्मेदवार बनेका विष्टका लागि यो ‘माइनस प्वाइन्ट’ हुनसक्छ।

उता, झाँक्री भने एमालेमा रहँदादेखि नै ओलीका हरेक असंवैधानिक कदमको विरोध गर्दै आइन्। पछिल्लो जन आन्दोलनदेखि नै गणतन्त्रकी प्रखर पक्षधर झाँक्रीले राजा ज्ञानेन्द्रदेखि एमाले अध्यक्ष ओलीसम्मका पश्चगामी कदमको विरोधमा आफूलाई सशक्त रुपमा उभ्याइन्।

निजी राजनीतिक अस्तित्वको ख्यालै नगरी उनले ओली विरोधी सत्ता गठबन्धनको कित्ता रोजीन, जुन उनको ‘प्लस प्वाइन्ट’ हो।
यसपाली गुल्मेली जनताले विष्ट र झाँक्रीमध्ये कुनै एकलाई रोज्दा यही राजनीतिक अडान र पक्षधरतालाई नै मूल्यांकनको कसी बनाउने प्रवल संभावना छ।

हुन त सुरुमा झाँक्रीलाई बागी उम्मेदवारले संकटमा नपारेका होइनन्। झाँक्रीविरुद्ध कांग्रेस महासमिति सदस्य डा. दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले चुनाव चिह्न त्रिभुज पाएका थिए।

नेपाली कांग्रेस गुल्मीको पूर्व क्षेत्रीय सभापतिसमेत रहेका भुसाल हाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य पनि हुन्। भुसालले बारम्बार माओवादीसँग गठबन्धन गर्न नहुने अडान राख्दै आएका थिए।

झाँक्री आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछिन्। उता, गोकर्ण विष्ट पनि सदा झैं यसपटक पनि आफ्नै विजय हुनेमा शंका नरहेको दाबी गर्छन्।

यद्यपी, चुनाव नजिकिँदै जाँदा झाँक्रीको पक्षमा सुखद खबर के आएको छ भने स्वतन्त्र उम्मेदवारी दिएका भुसालले पनि झाँक्रीलाई नै समर्थन गरेका छन्।

आफूले कसैको समर्थन या विरोधमा उम्मेदवारी नदिएको र कांग्रेसभित्र लोकतन्त्रको लडाइँ लडेको भन्दै डा. भुसालले जिल्लाभरका कार्यकर्ताको दबाब थेग्न नसकेकाले उम्मेदवारी फिर्ता लिएर निष्कृय पारेको घोषणा गरेका छन्।

डा. भुसालको पनि समर्थन पाएपछि झाँक्री आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछिन्। उता, गोकर्ण विष्ट पनि सदा झैं यसपटक पनि आफ्नै विजय हुनेमा शंका नरहेको दाबी गर्छन्।

झाँक्री या विष्ट जसले जिते पनि गुल्मी-२ का जनता धन्य छन्, जसले असल नेता नै संसदमा पाउनेछन्।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ०५ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त