बङ्गलादेशमा कार्यालय समय पुनः आठ घण्टा बनाइयो « Khabarhub

बङ्गलादेशमा कार्यालय समय पुनः आठ घण्टा बनाइयो


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेश सरकारले विद्युत् अभावका कारण यसअघि गरिएको परिवर्तनपछि सोमबार पुनः नोभेम्बरदेखि कार्यालय समय परिवर्तन गरेको छ ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्रीपरिषद्का सचिव खण्डकर अनवारुल इस्लामले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनका अनुसार यसअघि सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सात घण्टा चलाउँदै आइएका थियो तर यसमा परिवर्तन गरी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आठ कार्यालय समय तोकिएको छ ।

अधिकारीका अनुसार नयाँ कार्यतालिका नोभेम्बर १५ देखि लागू हुनेछ ।

सर्वोच्च अदालत, बंगलादेश बैंक र विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो कार्यतालिका तय गर्नसक्ने उनले बताए ।

इन्धन अभावको सामना गरिरहेको बङ्गलादेशले विद्युत् बचत गर्न र ट्राफिक जाम कम गर्न गत अगष्टमा सरकारी कार्यालयको समय एक घण्टा घटाएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ३४ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक