रुपन्देही–३ मा गृहमन्त्री खाणलाई जनमुक्ति पार्टीको समर्थन « Khabarhub

रुपन्देही–३ मा गृहमन्त्री खाणलाई जनमुक्ति पार्टीको समर्थन


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले समर्थन गरेको छ ।

भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रूपमा कांग्रेस (गठबन्धन) का उम्मेदवारलाई सर्मथन गरेको घोषणा गरेका हुन् । रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार मत छ ।

गठबन्धनको तर्फबाट रुपन्देही–३ मा कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार हुन् । रुपन्देहीमा पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीबीच प्रतिनिधि सभा र प्रदेशसभामा तालमेल गरेर अघि बढ्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ४० बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।