झापा क्षेत्र नं ३ को विकासका लागि धेरै काम गरेको छु : सिटौला | Khabarhub Khabarhub

झापा क्षेत्र नं ३ को विकासका लागि धेरै काम गरेको छु : सिटौला


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बनियानी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला यतिबेला मतदाताको घरदैलोमा छन् । झापा क्षेत्र नं ३ बाट लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनी मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा पुगेका हुन्।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाका मतदातासँग भेटघाटमा नेता सिटौलाले तत्कालीन विद्रोही माओवादीसँग १२ बुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेको उल्लेख गरे । ‘मैले मुलुकमा राजनीतिक स्थिरता र संविधान निर्माणमा महत्त्वपूर्ण काम गरेको छु’, उनले भने, ‘नीति निर्माण तहमा बसेर काम धेरै काम गरेको छु ।’

झापा क्षेत्र नं ३ को उन्नतिका लागि पूर्व–पश्चिम हुलाकी सडक, उत्तर–दक्षिण मेची राजमार्ग निर्माण पनि आफ्नै पहलमा सम्पन्न भएको उनको भनाइ छ । तर पनि यस क्षेत्रको विकासका लागि ग्रामीण सडक, खानेपानी, कृषि सडक सञ्जालका लागि बनियानी–पाठामारी, केचना रिङरोड, पथरिया घेराबारी, जलथल सडक जस्ता आधा दर्जनभन्दा बढी सडक सञ्जाल आफ्नै कार्यकालमा सुरु गरेर निर्माण सम्पन्न नहुञ्जेल खबरदारी गरेको नेता सिटौलाले प्रष्ट पारे ।

गणतन्त्रले के दिन्छ÷ के दियो ? भन्ने खालको सोच नागरिकमा उत्पन्न हुनुमा वर्तमान संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल हुन नसक्नु रहेको उनले बताए ।

आसन्न चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा हुने उनले बताए । दोस्रो संविधानसभाको निर्वाचनपछि झापा क्षेत्र नम्बर ३ अन्तर्गतका विभिन्न सडक लगायतका भौतिक पूर्वाधारसँगै पथरिया मावि भवन, हिमाली मावि भवन, विभिन्न सामुदायिक भवनदेखि तत्कालीन गाविसका सबै भवनहरू निर्माण, पुनःनिर्माणका योजना सम्पन्न गराएको नेता सिटौलाको भनाइ छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ३ मा दर्बिलो उम्मेदवारका रूपमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेता सिटौलाले र नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट साझा उम्मेदवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ०९ बजे

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

जुम्लामा १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला– जुम्लामा यस वर्षको दशैँको समयमा मात्रै १६ करोड रुपैयाँ

अवैध काठ ओसारपसारमा संलग्न ट्याक्टरसहित एकजना पक्राउ

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी  

काठमाडौं– आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले