राजनीतिक समस्या समाधानका लागि स्वतन्त्र उम्मेदवारी दिए : प्रभू साह « Khabarhub

राजनीतिक समस्या समाधानका लागि स्वतन्त्र उम्मेदवारी दिए : प्रभू साह


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले देशको राजनीतिक समस्या समाधानका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । उनले दलीय सिण्डिकेट विरुद्ध एवं परिवर्तनका लागि उम्मेदवारी दर्ता गराएको दाबी गरे ।

जनकपुरधाममा आज आयोजित ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियानको बृहत कार्यकर्ता भेलामा साहले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको त्यस्तै रहेको बताए । उनले भने, ‘मलाई त दुवै गठबन्धनले बोलाइरहेको छ । तर पनि म गइन । त्यसको एउटै कारण जनतालाई दलीय सिण्डिकेटबाट मुक्ति दिनु हो ।’

उनले जनताका लागि केही गर्न सक्ने संसद् आवश्यक रहेको र त्यस्तो परिवर्तन स्वतन्त्रबाट मात्र हुनसक्ने दाबीसमेत गरे । पूर्वमन्त्रीसमेत रहेका साहले स्वतन्त्र उम्मेदवारी चुनाव जित्नका लागि मात्र नभई अपवित्र गठबन्धन विरुद्धसमेत रहेको जिकिर गरे ।

कार्यक्रममा स्वतन्त्र अभियानका सहयोगी बद्री न्यौपानेले सत्ता र पदलाई कायम राख्नका लागि ठूला दलले अपवित्र गठबन्धन गरेको आरोप लगाए । स्वतन्त्र उम्मेदवार श्रीलाल महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनुषा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार उमेश साह, महोत्तरी ३ (क) प्रदेशसभाका स्वतन्त्र उम्मेदवार सुनिल रोहित लगायतले देशमा परिवर्तनका निम्ति स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : १६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु