साथीको हत्या गरको आरोपमा सात जना पक्राउ | Khabarhub Khabarhub

साथीको हत्या गरको आरोपमा सात जना पक्राउ


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय किशोरको हत्या आरोपमा सात जना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–६ चन्द्रमा चौक बस्ने १७ वर्षीय सरोज बस्नेत, सोही वडाको वानडाँडा बस्ने १६ वर्षीय सन्देश खवास, १७ वर्षीय विकास तामाङ, पानी ट्याङकी बस्ने १६ वर्षीय मन्जिल माझी, तरुण चोक बस्ने १६ वर्षीय सपन खत्री, १५ वर्षीय प्रतीक बराइली र १६ वर्षीय सरोज परियार पक्राउ परेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलनजङ्ग थापाले बताए ।

आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छठपर्वको रात्रिकालीन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा संलग्न किशोरहरूको समूहबीच जम्काभेट हुँदा उनीमाथि पुरानो रिसइवी साँध्न उनीहरूले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भई लडिरहेका श्रेष्ठलाई उनका अर्का साथी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई झापाको बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा श्रेष्ठको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।

पक्राउ परेकामध्ये पाँचजनालाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले दिउँसै पक्राउ गरेको थियो भने थप दुईजनालाई साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक थापाले बताए .

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ११ : ०० बजे

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौं – होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते

भक्तपुर – भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका

मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा

झापा – चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप

नेपाल युगाण्डासँग पनि पराजित, सकियो फाइनलको सम्भावना

काठमाडौं – नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको