साथीको हत्या गरको आरोपमा सात जना पक्राउ « Khabarhub

साथीको हत्या गरको आरोपमा सात जना पक्राउ


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय किशोरको हत्या आरोपमा सात जना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–६ चन्द्रमा चौक बस्ने १७ वर्षीय सरोज बस्नेत, सोही वडाको वानडाँडा बस्ने १६ वर्षीय सन्देश खवास, १७ वर्षीय विकास तामाङ, पानी ट्याङकी बस्ने १६ वर्षीय मन्जिल माझी, तरुण चोक बस्ने १६ वर्षीय सपन खत्री, १५ वर्षीय प्रतीक बराइली र १६ वर्षीय सरोज परियार पक्राउ परेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलनजङ्ग थापाले बताए ।

आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छठपर्वको रात्रिकालीन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा संलग्न किशोरहरूको समूहबीच जम्काभेट हुँदा उनीमाथि पुरानो रिसइवी साँध्न उनीहरूले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भई लडिरहेका श्रेष्ठलाई उनका अर्का साथी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई झापाको बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा श्रेष्ठको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।

पक्राउ परेकामध्ये पाँचजनालाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले दिउँसै पक्राउ गरेको थियो भने थप दुईजनालाई साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक थापाले बताए .

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ११ : ०० बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा