अन्तर्राष्ट्रिय विमानस्थल चल्दा पोखराको पर्यटन चम्किन्छ | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थल चल्दा पोखराको पर्यटन चम्किन्छ



पोखरा नेपालको चर्चित पर्यटकीय क्षेत्र हो। यसमा कुनै शंका छैन। नेपालमा घुम्न जाने भनेकै पोखरा हो भन्ने बुझाई छ। नेपालका लागि मात्रै होइन, अन्तर्राष्ट्रिय पर्यटकका लागि पनि पोखरा विशेष ठाउँ हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले झन् पोखराको पर्यटकीय सुन्दरता र विशेषतालाई वर्षैपिच्छे प्राथमिकता दिइरहेका छन्। तर पूर्वाधारका विषयमा भने पोखरा भर्खर मात्र व्यवस्थित हुन लागेको महसुस हुन सक्छ। किनकि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदैछ।

पोखरा विश्वस्तरीय पर्यटकीय क्षेत्र भए पनि पूर्वाधार विकास र पद्धति विस्तारका लागि सरकारी निकायबाट खासै ठूलो काम भएको देखिएन। त्यसैकारण पोखरामा पहिल्यैदेखि विदेशी पर्यटक ल्याउने लक्ष्यअनुसार उपलब्धि भएको छैन।

पोखरा भन्नेवित्तिकै नेपालीको नजरमा फेवाताल मात्रै भन्ने बुझाई छ। तर विश्वस्तरीय बुझाई चाहिँ पोखरा एक पर्यटकका लागि ‘कम्पिलिट प्याकेज’ जस्तो छ। नेपालका प्राय धेरै हिमाल पोखराको साराङकोटबाट स्पष्ट देख्न सकिन्छ। पोखराबाट मुस्ताङ पुग्दा मरुभूमि पुगेको महसुस हुन्छ। अन्नपूर्ण बेस क्याम्पदेखि ट्रेकिङ रुट त झन् विश्वमै चर्चित छ। फेवाताल, बेगनास ताल, रुपाताल मात्रै होइन, पोखरा सुन्दरताको सम्मिश्रणले भरिपूर्ण छ।

पोखराबाहेक लमजुङको घलेगाउँ, साहसी पर्यटनका लागि पोखरासँगै पर्वतको बञ्जी पनि पछिल्लो समय चर्चित छ। म्याग्दीको मार्दी हिमाल झनै चर्चित हुँदै गएको छ। तनहुँको बन्दीपुरले ठूलो पर्यटकीय महत्त्व बोकेको छ।

गोरखाको ऐतिहासिक पर्यटन र त्यसको संरक्षण एक महत्वपूर्ण विषय हो। त्यसबाहेक पाल्पाको रानीवन लगायतका पर्यटकीय क्षेत्रले पनि गण्डकी प्रदेश नै पर्यटनका लागि उर्वर भूमि रहँदै आएको छ।

तर पोखराको पर्यटनमा केही बुझाई र संरचनाका विकासका समस्या छन्। यो पर्यटनमा हामी व्यवसायीले चाहेर मात्रै हुँदैन। सरकारले व्यवस्थापन गरेन भने विकास हुँदैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन लाग्दा पोखराको पर्यटन धेरै ठूलो उचाइमा पुग्छ।

तर यो विमानस्थल सञ्चालनमा जति उत्साह छ, त्यो टिकाउन र चलाउन पनि त्यत्तिकै चुनौती छ। संरचनागत रुपमा सरकारी तथा ब्युरोक्रेसीले गर्दा अहिले खुलेको भनेको श्रम कार्यालय हो।

वैदेशिक रोजगारमा जानेलाई छोड्न उसको परिवारका मानिसहरू काठमाडौँ पुगेका छन्। अहिले भैरहवा र पोखराबाट शतप्रतिशत श्रम कार्यालयको काम हुने हो भने त्यो लक्ष्य पोखरामा आन्तरिक पर्यटन प्रवर्द्धन पनि हो। यही मान्छेहरू आउने वातावरण हामी बनाउन खोजिरहेका छौँ। तर सरकारी संरचना र ढिलासुस्तीले त्यसलाई व्यवस्थित र दिगो बनाउन समस्या छ।

पोखराको एयरपोर्ट बनाउने क्रममा चाबी हस्तान्तरण गरेको नै ६ महिना भन्दा बढी भइसक्यो। चीनको ऋण लिएर बनाएको विमानस्थलको निर्माण जति चुनौती थियो, त्यो सञ्चालन र त्यसबाट नाफा लिन झन् ठूलो चुनौती छ। किनकि चीनले दिएको ऋणको ब्याज लिन थालिसक्यो।

अनि पर्यटन व्यवसायीले मात्रै यो कुरा चाहेर हुँदैन। विमानस्थलको निर्माण, त्यसको क्षेत्र विस्तार, सबैको प्रयास नभई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कठिनाइ देखिन्छ। अहिले सरकारी मिडियाले पोखरा अन्तर्राष्ट्रिय होइन, क्षेत्रीय विमानस्थल मात्रै लेखिरहेका छन्।

निजी मिडियाको राम्रो साथ सहयोग छ। तर सरकारी मिडियाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लेखेका छैनन्। यो ठूलो समस्या हो। सरकारले अपनत्व लिन सक्दैन भने विमानस्थल सञ्चालन भए पनि कसरी दिगो व्यवस्थापन हुन्छ ? कसरी विमानस्थल चलाएर नाफा कमाउन सकिन्छ ? अहिले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पनि देखिएको चुनौती त्यही छ।

पूर्वाधार भएर पनि प्रयोग भएन भने त्यसको महत्त्व रहँदैन। त्यसैले राज्यले विशेष ध्यान दिनु पर्दछ। अन्तर्राष्ट्रिय विमानस्थलबाट त विदेशका विभिन्न ठाउँमा उडान भर्ने हो। विदेशबाट सोझै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुने गरी पहल गर्नुपर्छ। त्यो नहुने हो भने त अहिलेकै विमानस्थल छदैँछ नि।

तर हामी आम नेपाली र नेताहरुको प्रवृत्ति हेर्दा सबैले आफ्नो लागि मात्रै सोचेको देखिन्छ। देशको लागि सोचेको देखिएको छ। कम्तीमा त्यो प्रवृत्ति पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नदेखियोस्। सरकारले पनि पोखराका लागि सोचोस्। गण्डकी प्रदेशका सबै सरोकारवालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र दिगो व्यवस्थापनका लागि सोच्नुपर्छ।

त्यसपछि मात्रै पोखरासँगसँगै गण्डकी प्रदेशका सबै जिल्लाको पर्यटन विकासमा टेवा पुग्छ।

(हरिराम अधिकारी नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हुन्।)

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ८ : ४१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार