भिटामिन सी पाइने अमला खानुका १० फाइदाहरु « Khabarhub

भिटामिन सी पाइने अमला खानुका १० फाइदाहरु



भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ। अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ।

यसमा गालिक एसिड, टान्निुक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइन्छ। यसलाई अचार तथा विभिन्न किसिमका मिठाइहरु बनाउनमा पनि प्रयोग गरिन्छ।

जाडो मौसममा अमला सेवनका केही विशेष फाइदाहरू छन्। अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ।

अमलामा क्रोमियम बढी मात्रामा हुन्छ। अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन।

अमला धेरै गुणकारी हुन्छ। हरेक मौसममा यसको सेवन गर्न सकिन्छ। तर जाडोमा यसको सेवन गर्दा विशेष फाइदा हुन्छ। अमलाको सेवनले रुघा–खोकी, छाला, नेत्र रोग तथा केशका लागि अति उपयोगी टनिक हो।

अमला खानुका १० फाइदाहरू

१. अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ।

२. अमलाको सेवनले बुढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ।

३. यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ।

४. अमलाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गराउन मद्दत गर्छ।

५.यसको नियमित सेवनले कपाललाई सुन्दर बनाउन मद्दत गर्छ। अमलाको सेवनले केश झर्न कम हुन्छ, यसले केशको जरालाई बलियो प्रदान गर्छ।

६. अमलाको सेवन गर्नाले रुघाखोकी निको हुनुका साथै पिसाबसम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ।

७. मुटुलाई स्वस्थ बनाउनको लागि जाडो मौसममा दिनहुँ अमला खाने बानी बसाल्नु पर्छ। यसो गर्दा यसले मुटु मांसपेशीहरु बलियो हुन्छ, जसका कारण मुटुले शरीरमा सफा रगत सन्चार गर्न सक्छ र तपाईं स्वस्थ रहनु हुन्छ।

८. अमला डाइबिटीजको समस्या भएको व्यक्तिको लागि पनि अति लाभकारी हुन्छ। वास्तवमा यो क्रोमियम इन्सुलिन बनाउने सेल्सहरुलाई एक्टिभेट गर्छ र यो हार्मोन्सको काम शरीरमा ब्लड शुगरलाई नियन्त्रण गर्छ।

९. जाडो मौसममा बिहान खानामा अमलाको अचार अथवा मुरब्बा सेवन गर्नाले तपाईँ वर्षभरि नै स्वस्थ रहनु हुन्छ।

१०. अमलाको जूसमा मह मिलाएर पिउनाले मोतिबिन्दुको समस्या भएकाहरुलाई फाइदा प्राप्त हुन्छ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : २९ बजे

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनः निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त

तस्बिरमा हेर्नुहोस्, कर्णाली र जनकपुरको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आज भएको

सडक डिभिजनले हेटौंडाका ५३१ घर भत्काइसकेपछि पुग्यो सर्वोच्चको आदेश, बाँकी विस्तारको काम रोकियो

काठमाडौं- सडक डिभिजन कार्यालय हेटौंडाले दुई दिनअघि ५३१ वटा घरमा

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले