क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल-नासर अनुबन्ध  « Khabarhub

क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल-नासर अनुबन्ध 


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

दोहा – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा २ वर्षको लागि अनुबन्ध भएका छन्। रियादका क्लब अल-नासरले पोर्चुगल फुटबलका सुपरस्टार रोनाल्डोसँग यो सिजनको सबैभन्दा ठूलो सम्झौता गरेको हो।

‘म नयाँ देशमा फुटबल खेलेको अनुभव गर्न र टोलीलाई नयाँ ट्रफीहरू हासिल गर्न सहयोग पुर्‍याउन मेरो साथीहरूसँग सामेल हुन पाउँदा उत्साहित छु,’ रोनाल्डोले क्लबको आधिकारिक ट्विटरमा अल-नासरसँग हस्ताक्षर गरेपछि भनेका छन्।’

साउदीका खेलकुद मन्त्री राजकुमार अब्दुलअजीज बिन टर्की अल-फैसलले सम्झौताको स्वागत गर्दै शनिबार बिहान ट्वीट गरेका छन्, ‘सबै समयको महान् मध्ये एक साउदी अरबमा आफ्नो नयाँ यात्रा सुरु गर्ने पुष्टि भएको छ।’ उनले रोनाल्डो र उनको परिवारलाई साउदी अरबमा सुखद अनुभवको कामना गरेका छन्।

साउदी क्लबले ट्विटरमा भनेको छ, ‘इतिहास बनिरहेको छ। यो एउटा हस्ताक्षर हो जसले हाम्रो क्लबलाई अझ ठूलो सफलता हासिल गर्न मात्र प्रेरित गर्दैन हाम्रो लिग, हाम्रो राष्ट्र र भावी पुस्तालाई आफैं उत्कृष्ट संस्करण बन्न प्रेरितसमेत गर्नेछ।’

अल-नासरले सम्झौताको घोषणा गर्दा रोनाल्डोलाई ‘विश्वको महान् खेलाडी’ भनेका थिए। हस्ताक्षर म्याड्रिडमा भएको थियो। रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा जस्तै ७ नम्बरको जर्सी लगाउने छन्।

३७ वर्षीय पोर्चुगिज स्टारसँग गत महिना म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडिएको थियो। रोनाल्डो र अल नासर बीचको वार्ता नोभेम्बरमा विश्वकपको समयमा सुरु भएको थियो।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : ४३ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित