क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल-नासर अनुबन्ध  « Khabarhub

क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल-नासर अनुबन्ध 


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

दोहा – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा २ वर्षको लागि अनुबन्ध भएका छन्। रियादका क्लब अल-नासरले पोर्चुगल फुटबलका सुपरस्टार रोनाल्डोसँग यो सिजनको सबैभन्दा ठूलो सम्झौता गरेको हो।

‘म नयाँ देशमा फुटबल खेलेको अनुभव गर्न र टोलीलाई नयाँ ट्रफीहरू हासिल गर्न सहयोग पुर्‍याउन मेरो साथीहरूसँग सामेल हुन पाउँदा उत्साहित छु,’ रोनाल्डोले क्लबको आधिकारिक ट्विटरमा अल-नासरसँग हस्ताक्षर गरेपछि भनेका छन्।’

साउदीका खेलकुद मन्त्री राजकुमार अब्दुलअजीज बिन टर्की अल-फैसलले सम्झौताको स्वागत गर्दै शनिबार बिहान ट्वीट गरेका छन्, ‘सबै समयको महान् मध्ये एक साउदी अरबमा आफ्नो नयाँ यात्रा सुरु गर्ने पुष्टि भएको छ।’ उनले रोनाल्डो र उनको परिवारलाई साउदी अरबमा सुखद अनुभवको कामना गरेका छन्।

साउदी क्लबले ट्विटरमा भनेको छ, ‘इतिहास बनिरहेको छ। यो एउटा हस्ताक्षर हो जसले हाम्रो क्लबलाई अझ ठूलो सफलता हासिल गर्न मात्र प्रेरित गर्दैन हाम्रो लिग, हाम्रो राष्ट्र र भावी पुस्तालाई आफैं उत्कृष्ट संस्करण बन्न प्रेरितसमेत गर्नेछ।’

अल-नासरले सम्झौताको घोषणा गर्दा रोनाल्डोलाई ‘विश्वको महान् खेलाडी’ भनेका थिए। हस्ताक्षर म्याड्रिडमा भएको थियो। रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा जस्तै ७ नम्बरको जर्सी लगाउने छन्।

३७ वर्षीय पोर्चुगिज स्टारसँग गत महिना म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडिएको थियो। रोनाल्डो र अल नासर बीचको वार्ता नोभेम्बरमा विश्वकपको समयमा सुरु भएको थियो।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : ४३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई