सेतो मच्छेन्द्रनाथको महास्नान सकियो, आज घाममा राखियो | Khabarhub Khabarhub

सेतो मच्छेन्द्रनाथको महास्नान सकियो, आज घाममा राखियो


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन गरिने सेतो मच्छेन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ।

नियमित राख्ने स्थानबाट बाहिर डबलीमा निकालेर सेतो मच्छेन्द्रनाथलाई महास्नान गराउने परम्परागत विधि छ। सेतो मच्छेन्द्रनाथलाई लगाइएको सबै कपडा फुकालेर शोभाभगवतीस्थित निर्मल तीर्थबाट ल्याइएको जलले महास्नान गराइएको मन्दिरका पुजारी एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का पूर्ववडाध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए।

महास्नान कार्यक्रममा वसन्तपुरस्थित कुमारी घरबाट जीवित देवी कुमारीलाई पनि मच्छेन्द्रबहालमा ल्याउने विधि छ। वैदिक सनातन हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले सेतो मच्छेन्द्रनाथको पूजा आराधना गर्छन्। हिन्दुले हरिहर र बौद्ध धर्मावलम्बीले आर्यावलोकितेश्वरका रूपमा सेतो मच्छेन्द्रनाथको पूजा आराधना गर्छन्।

सेतो मच्छेन्द्रनाथलाई महास्नान गरिएको भोलिपल्ट आज शनिबार घाम ताप्ने व्यवस्था गरिने विधि पनि रहेको उनले सुनाए। शुक्रबार महास्नान गरेपछि पौष शुक्ल पूर्णिमासम्म दश कर्म गर्ने विधि छ। पौष शुक्ल पूर्णिमाका दिन सेतो मच्छेन्द्रनाथलाई नयाँ पहिरन लगाइदिने गरिन्छ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ८ : ३० बजे

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार