कोरोना भित्रन नदिन जमुनाह नाकामा कडाइ | Khabarhub Khabarhub

कोरोना भित्रन नदिन जमुनाह नाकामा कडाइ


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बाँके – कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बताए । अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ ।

भारतको सिमलाबाट नेपाल फर्किदै गरेकी जाजरकोटकी ३० वर्षीया महिलालाई परीक्षणको क्रममा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । उनका अनुसार, भारतबाट आउने ५५ जनाको जाँच गर्ने क्रममा जाजरकोटकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालगञ्जस्थित जमुनाह नाकामा बिहीबारदेखि कोरोना जाँच सुरु गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ८ : ५९ बजे

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

धाविका सुनमायाको नयाँ कीर्तिमानी

कर्णाली –हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया

एआईसीले नेपाल सरकारलाई पठायो पत्र

काठमाडौं – सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी