सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्रीले थाले पहल « Khabarhub

सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्रीले थाले पहल


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्री रवि लामिछानेले पहल थालेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउनेबारे छलफल गरेका हुन् ।

सिंहदरबार प्रवेशका लागि मन्त्रालयबाटै पास लिनुपर्ने व्यवस्थाका कारण आम नागरिकले हरेक दिनजसो सास्ति भोग्दै आएका छन्।

प्रधानमन्त्री प्रचण्डसँग भेटमा राहदानी, राष्ट्रिय परिचय पत्र र नागरिकता वितरणलाई सहज बनाउन गृहमन्त्रालयले विज्ञ टोलीको गठन गरेकोबारे गृहमन्त्री लामिछानेले जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

साथै कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने सतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा पनि छलफल भएको बताइएको छ। कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसक्रममा गृहमन्त्री लामिछानेले देशको पछिल्लो सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्टसमेत पेश गरेका थिए। प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन निर्देशन दिएको बुझिएको छ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ११ : ४२ बजे

एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का भिड्दै

काठमाडौँ – एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स (इमर्जिङ टिम्स

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

पाँचथर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि पुस ५ सम्म, प्रदेश अधिवेशन पुस १२ देखि १८ सम्म

काठमाडौँ – नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका

हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ

ढाका– बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको

नारायणगढ पुगेर पूर्वाधारमन्त्री लम्सालले भने- रत्ननगरको सभाहल अस्पताललाई दिन्छौँ

नारायणगढ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई