‘मेलमिलापको आवश्यकता आज पनि उत्तिकै’ « Khabarhub

‘मेलमिलापको आवश्यकता आज पनि उत्तिकै’


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अँगालेको मेलमिलापको आवश्यकता आज पनि उत्तिकै रहेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोलिटिकल डिबेट फोरमले काठमाडौंमा शनिवार आयोजना गरेको कार्यक्रममा उनले बिपीका असल विचार कांग्रेसमा मात्रै नभइ सबै पार्टीमा उपयोगी हुने बताए ।

‘कांग्रेसले मुलुकमा संघीयताको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि कम्युनिस्टहरूसँग मिलेरै भए पनि तीनै तहको निर्वाचन सम्पन्न गरेको छ, यो मेलमिलाप नीतिको एउटा सुन्दर नमूना हो । त्यसपछि पनि कांग्रेस मेलमिलापकै बाटोमा थियो । प्रचण्डजीले लोकतान्त्रिक-बाम गठबन्धनलाई धोका दिए । त्यो मेलमिलाप विपरित भयो,’ नेता महरले भने। मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलले दल गत स्वार्थ त्यागेर अघि बढ्नुपर्ने उनको भनाइ छ । 

१६ पुस ०३३ मा कांग्रेसका संस्थापक नेता कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : ३६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा