'मेलमिलापको आवश्यकता आज पनि उत्तिकै' | Khabarhub Khabarhub

‘मेलमिलापको आवश्यकता आज पनि उत्तिकै’


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अँगालेको मेलमिलापको आवश्यकता आज पनि उत्तिकै रहेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोलिटिकल डिबेट फोरमले काठमाडौंमा शनिवार आयोजना गरेको कार्यक्रममा उनले बिपीका असल विचार कांग्रेसमा मात्रै नभइ सबै पार्टीमा उपयोगी हुने बताए ।

‘कांग्रेसले मुलुकमा संघीयताको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि कम्युनिस्टहरूसँग मिलेरै भए पनि तीनै तहको निर्वाचन सम्पन्न गरेको छ, यो मेलमिलाप नीतिको एउटा सुन्दर नमूना हो । त्यसपछि पनि कांग्रेस मेलमिलापकै बाटोमा थियो । प्रचण्डजीले लोकतान्त्रिक-बाम गठबन्धनलाई धोका दिए । त्यो मेलमिलाप विपरित भयो,’ नेता महरले भने। मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलले दल गत स्वार्थ त्यागेर अघि बढ्नुपर्ने उनको भनाइ छ । 

१६ पुस ०३३ मा कांग्रेसका संस्थापक नेता कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : ३६ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु