लमजुङका गुरूङ समुदायले मनाए ल्होसार « Khabarhub

लमजुङका गुरूङ समुदायले मनाए ल्होसार


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका गुरुङ समुदायले तमु नयाँ वर्षको रुपमा तामझाँमका साथ विविध कार्यक्रम गरि ल्होसार पर्व मनाएका छन् । वर्गचक्र फेरिएसँगै गुरुङ समुदायले नयाँ वर्षको रुपमा तमु ल्होसार मनाउने गर्दछन् । गुरुङहरूले तो ल्हो अर्थात बाघ वर्गलाई बिदा गरी हे ल्हो अर्थात बिरालो वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् । एकसातादेखि नै ल्होसारको रौनक छाएको लमजुङमा शुभकामना आदाप्रदान, चियापान, सांस्कृतिक कार्यक्रमका साथ ल्होसारको स्वागत तथा स्योकै लगायतका कार्यक्रम हुँदै आएका थिए । 

ल्होसारको मुख्य दिन शुक्रबार तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद् बेँसीशहर इकाईले वृहत शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गरेको थियो । कार्यक्रममा नवनिर्वाचित प्रधिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङ र प्रदेशसभा सदस्य भेषबहादुर पौडेललाई इकाई, टोल समूहले सम्मान गरेका थिए ।  कार्यक्रमका अवसरमा बेँसीशहर इकाई अन्तर्गतका पाँच वटा टोल समूह, तमु प्लु संघ र तमु विद्यार्थी छोँज धिले जातीय भेषभुषासहित नृत्य प्रस्तुत गरेका थिए ।  कार्यक्रममा पाँच वटा टोलको फरकफरक परिकारसहित स्योकै कार्यक्रम समेत भएको थियो । 

सदरमुकाम बेँसीशहरसहित उदिपुर, चिसापानी भुजुङ, घनपोखरा, ताघ्रिङ, घेर्मु, पसगाउँ,  सिउरुङ, ढंगै, राईनास, पाचोक, इलमपोखरी लगायतका गाउँमा विविध कार्यक्रम गरी धुमधामका साथ ल्होसार मनाइएको छ । 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १ : ०७ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु