लमजुङका गुरूङ समुदायले मनाए ल्होसार | Khabarhub Khabarhub

लमजुङका गुरूङ समुदायले मनाए ल्होसार


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका गुरुङ समुदायले तमु नयाँ वर्षको रुपमा तामझाँमका साथ विविध कार्यक्रम गरि ल्होसार पर्व मनाएका छन् । वर्गचक्र फेरिएसँगै गुरुङ समुदायले नयाँ वर्षको रुपमा तमु ल्होसार मनाउने गर्दछन् । गुरुङहरूले तो ल्हो अर्थात बाघ वर्गलाई बिदा गरी हे ल्हो अर्थात बिरालो वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् । एकसातादेखि नै ल्होसारको रौनक छाएको लमजुङमा शुभकामना आदाप्रदान, चियापान, सांस्कृतिक कार्यक्रमका साथ ल्होसारको स्वागत तथा स्योकै लगायतका कार्यक्रम हुँदै आएका थिए । 

ल्होसारको मुख्य दिन शुक्रबार तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद् बेँसीशहर इकाईले वृहत शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गरेको थियो । कार्यक्रममा नवनिर्वाचित प्रधिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङ र प्रदेशसभा सदस्य भेषबहादुर पौडेललाई इकाई, टोल समूहले सम्मान गरेका थिए ।  कार्यक्रमका अवसरमा बेँसीशहर इकाई अन्तर्गतका पाँच वटा टोल समूह, तमु प्लु संघ र तमु विद्यार्थी छोँज धिले जातीय भेषभुषासहित नृत्य प्रस्तुत गरेका थिए ।  कार्यक्रममा पाँच वटा टोलको फरकफरक परिकारसहित स्योकै कार्यक्रम समेत भएको थियो । 

सदरमुकाम बेँसीशहरसहित उदिपुर, चिसापानी भुजुङ, घनपोखरा, ताघ्रिङ, घेर्मु, पसगाउँ,  सिउरुङ, ढंगै, राईनास, पाचोक, इलमपोखरी लगायतका गाउँमा विविध कार्यक्रम गरी धुमधामका साथ ल्होसार मनाइएको छ । 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १ : ०७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ।

आज २०८० साल मंसिर १५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर १५ गते शुक्रबार। ज्योतिष

चन्द्रविनायक तथा भैरवनाथ जात्रा सकियो

काठमाडौं – चन्द्रविनायक तथा भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर

रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

मस्को – रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या

नेपाल सुपर लिग : लुम्बिनी एफसीविरुद्ध धनगढीको जित

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको