कैलालीमा हाइस दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते « Khabarhub

कैलालीमा हाइस दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरबाट लम्कीका लागि छुटेको सुप्र ०२००१ ज ४०६ नम्बरको हाइस कैलालीको गौरीगंगा नगरपालिका- ६ वनवेहडामा दुर्घटना भएको हो।

दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाकी ७३ वर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । दुर्घटनामा परी थप १८ जना घाइते भएका छन् । घाइतेको पहिचान खुल्न बाँकी छ । 

हाईस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १ : ३२ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई