कम्बोडिया आगलागी : मृतकको सङ्ख्या २६ पुग्यो « Khabarhub

कम्बोडिया आगलागी : मृतकको सङ्ख्या २६ पुग्यो


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कम्बोडियामा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । कम्बोडियाको क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको अधिकारीले पुष्टि गरेका छन् ।

कम्बोडियाली सुरक्षा अधिकारीहरूले विद्युतीय खराबीका कारण आगो लागेको बताएका छन् । थाइल्याण्डको सीमा नजिकै रहेको पोइपेट शहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बुधबार राति ११ः३० बजे आगलागी भएको थियो ।

यो अग्लो भवन रहेको क्यासिनो–होटल परिसरमा फैलिएको आगलागीमा समयमै उद्धार गर्न नसक्दा मानिसहरू आगोबाट बच्नका लागि किनारा र झ्यालबाट हामफाल्न बाध्य भएको उद्धारकर्मीहरूले बताएका छन् । आगलागीमा परी १७ जना थाई, एक जना मलेसियाली र एक जना नेपाली सहित २६ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन समितिका उपाध्यक्ष कुन किमले आगलागीको कारण ‘विद्युत् चुहावट’ भएर दुर्घटना भएको बताएका छन् । उनले भने, “केही मानिस जलेर, केही अक्सिजनको अभावमा र केही मानिसको बाहिर निस्कने बाटोमै धुँवाले निस्सासिएर मृत्यु भएको थियो ।”

होटल–क्यासिनोको जटिल प्रारुप र उद्धार उपकरणको अभावका कारण अधिकारीहरूले आगो निभाउन निकै लामो समय लागेको उनले बताए । कम्बोडियाका आपतकालीन टोलीले शुक्रबार साँझ रात परेपछि आफ्नो उद्धार प्रयास अन्त्य गरेको थियो । किमले भने, “टोलीले परिसरको सबै भागमा खोजी गरेको थियो ।”

आफ्नो उपनाम मात्र दिएका ४२ वर्षीय थाई क्यासिनो कामदार नेउङले दुई महिलालाई भाग्न सहयोग गरेपछि होटलको कोठामा आफ्नो बुबाको मृत्यु भएको बताए । उनले भने, “उनीहरूलाई सहयोग गर्न उहाँले धेरै ऊर्जा प्रयोग गर्नुभयो तर आफु भने धुवाँले निस्सासिएर बित्नुभयो ।’’ उनले एएफपीसँग भने, “अब म उहाँको शवको प्रतीक्षामा मात्र रहेको छु ।’

घाइतेमध्ये धेरैको थाई अस्पताल र चिकित्सकहरूले उपचार गरेका थिए । थाई नागरिकहरूले कम्बोडियाली आपतकालीन टोलीहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गरेका थिए ।

थाइल्याण्डका अधिकारीहरूले शुक्रबार ५० जनाभन्दा बढीलाई अस्पताल भर्ना गरिएको र १३ जनाको अवस्था गम्भीर रहेको बताएका छन् । कम्बोडियाली अधिकारीहरूले होटल मालिकहरूविरुद्ध मुद्दा लगाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ३ : ४७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल