उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले शनिबार क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले तीनवटा “अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र’’ प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले पाँच वटा ड्रोनहरू दक्षिण कोरियाली सीमा पारीको हवाई क्षेत्रमा उडेको केही दिनपछि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

उत्तर कोरियाले पूर्वी सागरमा छोटो दूरीका तीन अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । उक्त क्षेप्यास्त्र जापनी सागरमा खसेको बताइएको छ ।

कोरियाली प्रायद्वीपमा सैन्य तनाव यस वर्ष तीव्र रूपमा बढेको छ । उत्तरले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपण सहित यस वर्ष हतियार परीक्षणको अभूतपूर्व प्रदर्शन गरेको छ ।

उत्तर कोरियाले सन् २०२३ मा पनि अझै क्षेप्यास्त्र प्रहार गर्ने सम्भावना छ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले यस हप्ता सन् २०२३ को लागि आफ्नो योजनाहरूको रूपरेखा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ४ : ३८ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन