‘मोडल अफ इरा’ को उपाधि निशिका र रोहनलाई « Khabarhub

 ‘मोडल अफ इरा’ को उपाधि निशिका र रोहनलाई


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृजोना मिडिया ग्रुपले आयोजना गरेको ‘मोडल अफ इरा’ को चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् । होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सीले शीर्ष प्रायोजना गरेको प्रतियोगिताको विजेतासँगै दुवैले २५ हजार रुपैयाँ, अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर प्राप्त गरेका छन् । काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा शुक्रबार साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ ९ र पुरुषतर्फ ८ गरी कुल १७ प्रतियोगी सहभागी थिए ।

प्रतियोगितामा अस्मिता मगर र सिद्धान्तराज शाह ‘फस्ट रनर अप’ तथा शिला नेपाली र रोहित शाह ‘सेकेण्ड रनरअप’ भए । प्रतियोगितामा रोहन थापा मगर र जश्मिन कलवार ‘मस्ट पपुलर’, राजा अन्सारी र अस्मिता बुढाथोकी मगर ‘बेष्टवाक’, सिद्धान्तराज शाह ‘बेस्ट फिजिक’, स्रिज्मा केसी ‘बेस्ट फिगर’, डेभिल थापा मगर र समृद्धि रेग्मी ‘बेस्ट पर्सनालिटी’, रवी शाह र निशिका श्रेष्ठ ‘मस्ट कन्फिडेन्ट’, रोहन थापा मगर र शीला नेपाली ‘मस्ट फोटोजेनिक’, रोहित शाह र अप्रिस्का सेढाइ ‘मस्ट ट्यालेन्टेड’, रोहन थापा मगर र छोटी शेर्पा ‘भ्यूवर च्वाइस’ तथा नमोजी  गुप्ता र अञ्जना बुढा ‘बेस्ट स्माइल’ बने ।

प्रतियोगिताको निर्णायकमा अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, मोडेल युसा मगर, फेशन डिजाइनर मिनु श्रेष्ठ, विशाल श्रेष्ठ, मोडल तथा अभिनेता मनिष राउत र मोडल तथा कलाकार मारिया कार्की  थिए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ४ : ४२ बजे

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न