‘मोडल अफ इरा’ को उपाधि निशिका र रोहनलाई « Khabarhub

 ‘मोडल अफ इरा’ को उपाधि निशिका र रोहनलाई


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृजोना मिडिया ग्रुपले आयोजना गरेको ‘मोडल अफ इरा’ को चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् । होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सीले शीर्ष प्रायोजना गरेको प्रतियोगिताको विजेतासँगै दुवैले २५ हजार रुपैयाँ, अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर प्राप्त गरेका छन् । काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा शुक्रबार साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ ९ र पुरुषतर्फ ८ गरी कुल १७ प्रतियोगी सहभागी थिए ।

प्रतियोगितामा अस्मिता मगर र सिद्धान्तराज शाह ‘फस्ट रनर अप’ तथा शिला नेपाली र रोहित शाह ‘सेकेण्ड रनरअप’ भए । प्रतियोगितामा रोहन थापा मगर र जश्मिन कलवार ‘मस्ट पपुलर’, राजा अन्सारी र अस्मिता बुढाथोकी मगर ‘बेष्टवाक’, सिद्धान्तराज शाह ‘बेस्ट फिजिक’, स्रिज्मा केसी ‘बेस्ट फिगर’, डेभिल थापा मगर र समृद्धि रेग्मी ‘बेस्ट पर्सनालिटी’, रवी शाह र निशिका श्रेष्ठ ‘मस्ट कन्फिडेन्ट’, रोहन थापा मगर र शीला नेपाली ‘मस्ट फोटोजेनिक’, रोहित शाह र अप्रिस्का सेढाइ ‘मस्ट ट्यालेन्टेड’, रोहन थापा मगर र छोटी शेर्पा ‘भ्यूवर च्वाइस’ तथा नमोजी  गुप्ता र अञ्जना बुढा ‘बेस्ट स्माइल’ बने ।

प्रतियोगिताको निर्णायकमा अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, मोडेल युसा मगर, फेशन डिजाइनर मिनु श्रेष्ठ, विशाल श्रेष्ठ, मोडल तथा अभिनेता मनिष राउत र मोडल तथा कलाकार मारिया कार्की  थिए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ४ : ४२ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित