नेपाल पर्यटन बोर्डको २४औं वार्षिकोत्सव सम्पन्न « Khabarhub

 नेपाल पर्यटन बोर्डको २४औं वार्षिकोत्सव सम्पन्न


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डको २४ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । पर्यटन बोर्डको सभाहलमा आयोजित वार्षिकोत्सवको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष सुरेश अधिकारीले बदलिँदो विश्व परिवेशमा पर्यटन प्रर्वद्धनका लागि नयाँ रणनीति आवश्यक भएको बताए ।

पर्यटन बोर्डका अध्यक्ष समेत रहनु भएका अधिकारीले कोभिडले प्रभावित भएको पर्यटन उद्योग विस्तारै लयमा फर्किन थाल्नु राम्रो संकेत भएको बताउँदै सरकार निजी क्षेत्र र बोर्डबीचको समन्वय र सहकार्यमा पर्यटन प्रर्वद्धनका नयाँ कार्यक्रम गर्नु पर्ने बताए । ‘ नेपालमा पर्यटनको सम्भावना नै सम्भावना छ । तर हामीले त्यसलाई क्यास गर्न सकेका छैनौँ । यसलाई कसरी क्यास गर्ने भन्ने हाम्रो रणनीति हुनु पर्छ । पछिल्लो समय पर्यटनका विश्वव्यापी प्रवृत्तिहरू परिवर्तन भएका छन् । ती सबैको अध्ययन गर्न सोहीअनुरूपको रणनीति बनाउन आवश्यक छ ।’ उनले भने । 

यस्तै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले बोर्ड स्थापनाको २४ औं वर्षसम्म आइपुग्दा थुप्रै उतार चढाव ब्यहोरेको उल्लेख गर्दै विगतका कमिकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नु नै आजको आवश्यकता भएको बताए । उनले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको खाँचो समेत औँल्याए । 

बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले नेपालको आर्थिक विकासमा पर्यटनको ठूलो योगदान रहेको उल्लेख गर्दै विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जनाको लागि पर्यटन उद्योगलाई राज्यले थप प्राथमिकता दिनु पर्ने बताए । उनले अब नयाँ गन्तव्यको खोजी र विस्तारमा सरकार, बोर्ड र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । होटल संघ नेपाल हानका अध्यक्ष सिर्जना राणाले कोभिडले सबैभन्दा बढि प्रभावित क्षेत्र पर्यटन भएको र यसको पुनरुत्थानका लागि सधैँ काम गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै पर्यटनलाई प्रादेशिक संरचना अनुरूपको प्रोडक्ट विकास गरी प्रर्वद्धन गर्नु पर्ने बताए ।

वार्षिकोत्सवका अवसरमा मन्त्रालयका सचिव सरेश अधिकारीले कोभिडको समयमा नेपालको पर्यटनलाई पुर्नजिवित  गर्न संस्थागत ढंगले योगदान गर्ने, होटल एशोसिएसन नेपाल (हान), टे«किङ एजेन्सिज एशोसिएन अफ नेपाल (टान), नेपाल माउन्टेनेरिङ एशोर्सिसन (एनएमए) नेपाल एसोसिएसन अफ र्‍याफिटिङ्ग एजेन्सिज (नारा),नेपाल भारत चेम्बर अफ कमर्श लगायतका संस्थालाई सम्मान गरिएको थियो । 

यस्तै सो अवसरमा  बोर्डका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई उत्कृष्ट कर्मचारीका रुपमा प्रमाणपत्र एवं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै बोर्डका अध्यक्ष अधिकारी ,कार्यकारी प्रमुख रेग्मी सहित बोर्डका कार्यकारी सदस्यहरुले  बोर्डले हरेक वर्ष प्रकाशन गर्ने ‘इन्फोकस २०२२’ को विमोचन गरेका थिए । 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ५ : १० बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील