तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु « Khabarhub

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको बन्दिपुरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । शनिबार अपरान्ह पृथ्वीराजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौंतिरै जाँदै गरेको प्र.नं. ३–०१–००६ ख ०९२४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शेख महमद रखिम मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले ठक्कर दिएलगत्तै दमौली अस्पताल पुर्‍याइएको मियाको उपचारका क्रममा मृत्यु भएको हो । 

बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका ४ का ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ५ : १७ बजे

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको