माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल चयन | Khabarhub Khabarhub

माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल चयन


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन्। बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज यहाँ सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो । 

उनी यसअघि पनि दलको नेता नै थिए। उनी हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा कार्यरत छन् । हिजो र आज भइको छलफलपछि माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहनुभएका जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए। 

बागमती प्रदेशसभामा धादिङ क्षेत्र नं १ प्रदेशसभा २ बाट १९ हजार नौ सय २९ मतका साथ निर्वाचित भएका जम्मकट्टेल संविधानसभा सदस्यसमेत हुन् ।  संसदीय दलको नेतामा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी थियो । प्रदेशसभामा माओवादी केन्द्रका २१ सांसद छन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ४६ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको