कर्णाली राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम « Khabarhub

कर्णाली राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दशैँ लगत्तै बाढी पहिरोले भत्किएको सडक आवश्यक मर्मत नहुँदा कर्णाली राजमार्ग दुर्घटनाको कारक बन्ने देखिएको छ । सवारी साधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडक अहिले जीर्ण बन्दै गएको छ ।

प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मेका साथै साँगुरो हुँदा यातायातका साधनहरु सञ्चालन गर्न हैरान भएको यातायात व्यवसायी बताउँछन् ।  धुलोका कारण कर्णाली राजमार्ग अन्तरर्गत सुर्खेतदेखि जुम्लासम्म यात्रा गर्नेहरू धुलोले चिन्न नसक्ने अवस्थामा पुग्ने गरेको यात्रु कालीबहादुर शाहीले बताए । 

कालिकोटको सेराबाडादेखी नाग्मसम्म २६ किलोमिटर सडक पहिरोले धुलाम्मे छ। कालिकोटको नाग्मदेखी गमगढीसम्म ९३ किलोमिटर सडकमा १८ किलोमिटरभित्र पहिरो गएको थियो । त्यस्तै कालिकोटको पिली, सेरीबाडा, भिक्म र बालीमा ठुलो पहिरो गएको थियो। त्यहाँ सडक नै बगाएका कारण नयाँ सडक खोलेर गाडी सञ्चालनमा ल्याइएको छ ।

दैलेख खण्डमा बर्सातमा गएको पहिरोले हिउँदमा कर्णाली राजमार्गको यात्रा गर्नेहरू साँगुरो र धुलाम्मे सडक हुँदै हिँड्नुपर्ने बाध्यता छ । त्रिदेशीय सडक भारत, नेपाल र तिब्बत जोड्ने रणनीतिक सडक जमुनाह दैलेख महावु , कालिकोट, जुम्ला हुँदै मुगुको नाप्चेनाङ्गलासंगै चिन जोड्ने भन्दै सरकारले बर्सेनि बजेट भाषण गरेपनि काम हुन सकेको छैन ।

सडक डिभिजन कार्यालयले तत्कालका लागि सडक खुलाउने कार्य गरेपछि स्तर उन्नति लगायतका काम गर्न नसक्दा राजमार्गको अवस्था विजोग भएको भएको यात्रुको आरोप छ । बर्सातले तहसनहस पारेको कर्णाली राजमार्गलाई सरकारले विशेष बजेटसहित सडक सुधार गर्न पहल गर्न यस क्षेत्रका सांसदले समेत माग गर्दै आएका छन् । बर्सेनी कालिकोट, जुम्ला, मुगु, हुम्ला र पश्चिम दैलेखका स्थानीय चुपचाप सास्ती खेपेरै यात्रु गर्नुपर्ने बाध्यता रहेको हुम्ला सिमकोटका रामबहादुर फडेराले बताए । 

यहाँका नेता तथा माननीयहरूको राजमार्ग सुधारका लागि पहुँच नपुग्दा यात्रुहरूले ज्यानको जोखिम मोलिरहेको फडेराले आरोप लगाए ।  सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाबाट नियमित बजेट बाहेक थप बजेट व्यवस्थापन गरेको छैन्। राजमार्गको अवस्था बिग्रँदा दुर्घटना जोखिम पनि उस्तै छ ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले कालिकोट जुम्ला र मुगुसम्मको सडक सुधारका लागि काम भइरहेको बताए । ठूलो क्षति भएकाले सुधारका कामहरू भइरहे पनि तत्काल सडक स्तर उन्नतिका लागि गाह्रो हुने श्रेष्ठको भनाई छ। प्राय कालिकोट र दैलेख खण्डमा सडक बिग्रेको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : १२ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस