कर्णाली राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम « Khabarhub

कर्णाली राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दशैँ लगत्तै बाढी पहिरोले भत्किएको सडक आवश्यक मर्मत नहुँदा कर्णाली राजमार्ग दुर्घटनाको कारक बन्ने देखिएको छ । सवारी साधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडक अहिले जीर्ण बन्दै गएको छ ।

प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मेका साथै साँगुरो हुँदा यातायातका साधनहरु सञ्चालन गर्न हैरान भएको यातायात व्यवसायी बताउँछन् ।  धुलोका कारण कर्णाली राजमार्ग अन्तरर्गत सुर्खेतदेखि जुम्लासम्म यात्रा गर्नेहरू धुलोले चिन्न नसक्ने अवस्थामा पुग्ने गरेको यात्रु कालीबहादुर शाहीले बताए । 

कालिकोटको सेराबाडादेखी नाग्मसम्म २६ किलोमिटर सडक पहिरोले धुलाम्मे छ। कालिकोटको नाग्मदेखी गमगढीसम्म ९३ किलोमिटर सडकमा १८ किलोमिटरभित्र पहिरो गएको थियो । त्यस्तै कालिकोटको पिली, सेरीबाडा, भिक्म र बालीमा ठुलो पहिरो गएको थियो। त्यहाँ सडक नै बगाएका कारण नयाँ सडक खोलेर गाडी सञ्चालनमा ल्याइएको छ ।

दैलेख खण्डमा बर्सातमा गएको पहिरोले हिउँदमा कर्णाली राजमार्गको यात्रा गर्नेहरू साँगुरो र धुलाम्मे सडक हुँदै हिँड्नुपर्ने बाध्यता छ । त्रिदेशीय सडक भारत, नेपाल र तिब्बत जोड्ने रणनीतिक सडक जमुनाह दैलेख महावु , कालिकोट, जुम्ला हुँदै मुगुको नाप्चेनाङ्गलासंगै चिन जोड्ने भन्दै सरकारले बर्सेनि बजेट भाषण गरेपनि काम हुन सकेको छैन ।

सडक डिभिजन कार्यालयले तत्कालका लागि सडक खुलाउने कार्य गरेपछि स्तर उन्नति लगायतका काम गर्न नसक्दा राजमार्गको अवस्था विजोग भएको भएको यात्रुको आरोप छ । बर्सातले तहसनहस पारेको कर्णाली राजमार्गलाई सरकारले विशेष बजेटसहित सडक सुधार गर्न पहल गर्न यस क्षेत्रका सांसदले समेत माग गर्दै आएका छन् । बर्सेनी कालिकोट, जुम्ला, मुगु, हुम्ला र पश्चिम दैलेखका स्थानीय चुपचाप सास्ती खेपेरै यात्रु गर्नुपर्ने बाध्यता रहेको हुम्ला सिमकोटका रामबहादुर फडेराले बताए । 

यहाँका नेता तथा माननीयहरूको राजमार्ग सुधारका लागि पहुँच नपुग्दा यात्रुहरूले ज्यानको जोखिम मोलिरहेको फडेराले आरोप लगाए ।  सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाबाट नियमित बजेट बाहेक थप बजेट व्यवस्थापन गरेको छैन्। राजमार्गको अवस्था बिग्रँदा दुर्घटना जोखिम पनि उस्तै छ ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले कालिकोट जुम्ला र मुगुसम्मको सडक सुधारका लागि काम भइरहेको बताए । ठूलो क्षति भएकाले सुधारका कामहरू भइरहे पनि तत्काल सडक स्तर उन्नतिका लागि गाह्रो हुने श्रेष्ठको भनाई छ। प्राय कालिकोट र दैलेख खण्डमा सडक बिग्रेको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : १२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको